0 COMMENTS

काठमाडौं०६साउन०७५/ २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका मागमा समर्थन जनाउन आजबाट सामूहिक सत्याग्रह सुरु भएको छ ।नागरिक समाजका अगुवाहरु र विद्यार्थीहरुले सामूहिक सत्याग्रह काठमाडौंको वसन्तपुर डबलीमा सुरु गरेका हुन् । जहाँ आम नागरिक सहभागि बन्नेछन् ।

सोलिडारिटी फर डा. केसी अलायन्सको आयोजनामा हुन लागेको सत्याग्रह विहान १० बजेदेखि साँझ ५ बजेसम्म जारी रहने बताइएको छ ।चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै २२ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षाका लागि प्रबुद्ध समूहले हिजो पनि काठमाडौंमा विशाल प्रदर्शन गरेको थियो ।

यता, २३ दिनदेखिको आमरण अनशनरतका कारण डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था भने अत्यन्तै शिथिल भएको छ ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशनरत डा. केसीलाई बीसौं दिनका दिन सरकारले काठमाडौं ल्याएपनि थप वार्ता नहुँदा डा. केसीले उपचार नै गर्न मानेका छैनन् ।

डा. केसीलाई काठमाडौं ल्याएर वार्ता थाल्ने बताएको सरकारले तीन दिनसम्म पनि वार्ताप्रति कुनै वास्ता गरेको छैन ।शनिबार भने सरकराले बिना शर्त वार्तामा आउन केसी पक्षधरलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।