0 COMMENTS

निरयण सिद्धान्तअनुसार सूर्य दक्षिणायन हुने भएकाले ज्योतिष तथा धर्मशास्त्रमा यो दिनलाई महत्वपूर्ण दिनका रूपमा लिइन्छ । साउने संक्रान्तिसँगै नेपालीको अधिकांश चाडपर्व सुरु हुने भएकाले पनि यसको बेग्लै महत्व पनि रहेको छ । साउने सक्रान्तिमा लुतो फाल्ने, खिर खाने चलन पनि छ । यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ ।

अाजबाट साउन महिना सुरू भएसंगै गाउं शहरका महिलाहरूका हात मेहन्दी र हरियाे,पहेंलाे रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ । हरियो, रातो, पहेंलो चुरा, पोते, हातमा मेहन्दी, र शरिरमा लुगा पनि हरियो नै देख्न पाइन्छ ।

नेपाली महिलाहरूले याे महिनालार्इ निकै नै उत्साहका साथ मनाउने गर्छन् । यो महिना भरी हरीयो रंगले विशेष महत्व राख्दछ । आफन्तलाई भेट्न जांदा महिलाहरुले एक अर्कालाई हरियो चुरा टिका लगायत श्रृंगारका सामग्री उपहार साटासाट गर्छन् साथै एक अर्कामा माया साटासाट गर्ने माध्यम पनि बनेको छ यो महिना ।

साउन महिनामा खासगरी हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पूजा आराधना र बर्त बस्ने परम्परा छ । खासगरी महिलाहरु शुद्ध शाकाहारी खाना खाने अथवा यो महिनाको सोमवार ब्रत बस्ने गर्दछन् ।

पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको धार्मिक विश्वास छ । त्यसैले पनि महिलाहरुले यसलाई बढी महत्वको साथ धार्मिक र सांस्कृतिक रुपमा यो महिनालाई बढी महत्व दिएको पाइन्छ । र याे महिना व्रत बस्नाले अविवाहित नारीहरूले महादेव जस्ताे पति पाउनुका साथै विवाहित महालाहरूकाे पतिकाे अायू लम्बिने पनि धार्मक विश्वास रहेकाे छ ।

साउनमा हरियो, पहेंलो र रातो चुरापोते एवं कपडा लगाउनुको पनि आफ्नै अर्थ रहेकाे पाइन्छ। हरियोलाई प्रेम र वातावरणको, रातोलाई सौभाग्यको एवं पहेंलोलाई पवित्रताको प्रतीकको रुपमा लिइन्छ । ‘यसकारण पनि साउन महिनामा हरियो, पहेंलो रातो सम्मिश्रण गरी लगाउने चलन स्थापित हुंदैगएको छ । रंगीचंगी चुरापोते र कपडासँगै साउन महिनामा हातभरी मेहन्दी लगाउने चलन पनि छ । यसै विश्वासका साथ पनि नेपाली विवाहित तथा अविवाहित महिलाहरूकाे लागि साउन महिना विशेष रहेकाे बुझ्न सकिन्छ ।

अाजभाेली भने हातमा मेहन्दी लगाउनु र चुरा लगाउनु फेसन पनि बन्दै गएकाे छ। धार्मिक विश्वास नभर्इ कतिले फेसनकाे रूपमा पनि याे महिनालार्इ भड्किलाे पार्दै गएका छन् ।

ज्योतिस शास्त्र अनुसार साउनमा हरियो रंग बुधबाट प्रभावित हुने गर्छ । त्यसैले बुधबाट प्रभावित हुने हरियो चुराले हाम्रो भावना नियन्त्रण गर्ने काम गर्छ भन्ने विश्वास पनि रहि अाएकाे छ ।यससंगै श्रृङ्गार सामग्री व्यापारीहरूकाे लागि पनि याे महिना विशेष लाभदायी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।