0 COMMENTS

काठमाडौं०४साउन०७५/ चिकित्सकहरूले अस्पताल बन्द गरेपछि चिकित्सकहरुविरुद्ध सेवाग्रहीले प्रदर्शन गरेको छ । अस्पतालको सबै सेवा सुचारु गराउन माग गर्दै बिहीबार वीर अस्पतालमा सेवाग्राहीहरुले प्रर्दशन गरेका हुन्।

सेवाग्रहीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरूले गरिरहेको भन्दै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन् । बिरामी र बिरामी कुरुवाहरूले विरामीहरुको जीवन धरापमा पारेर चिकित्सकहरूले पदीय दुरुपयोग गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।

उता चिकित्सकहरू भने वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्न दबाब दिँदै सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । नेपाल चिकित्सक संघले बिहीबारबाट देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । यत सेवग्रहीहरु मारमा परेका छन् ।

सबै सेवा बन्द भएपछि सेवग्रहीहरुले पनि प्रर्शन गरेका हुन् । बिरामी र विरामीका कुरुवाहरूले सास्ती व्यहोर्नु परेको छ । बिरामी कुरुवाहरूले आफ्नो बिरामीको जीवनमाथि खेलवाड गर्ने चिकित्सकहरूले तत्काल क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।

चिकित्सक गोविन्द केसी र सरकारबीचको द्वन्द्वले आम सर्वसाधारण मारमा परेका छन् । चिकित्सकहरुको अस्पताल हड्तालले ओपिडी लगायतका सेवा प्रभावित बन्दा शिक्षण अस्पताल लगायत सरकारी अस्पतालमा उपचारका लागि पुगेका सर्वसाधारण उपचार नपाएर फर्किन बाध्य भएका छन् ।

बिहीबार चिकित्सकहरु नै अस्पताल भित्रै नाराबाजी गरिरहेका थिए । उपचार गर्न पुगेका बिरामीहरु पीडा लुकाएर अस्पतालको यस्तै दृश्य हेर्न बाध्य थिए । यसले काठमान्डौका केन्द्रीय अस्पतालहरुमा बिभिन्न जिल्लाबाट उपचार गर्न आएका बिरामी र तिनका आफन्तहरुले हदैसम्मको सास्ती मात्र भोगेका छैनन् । उपचार गर्न पाउने अधिकारको पनि हनन् भएको भन्दै आक्रोशित बनेका छन् ।

गोविन्द केसीको माग जायज भए पनि पूर्व मेचीदेखि महाकालीसम्मका उपचारका लागि आएका विरामीहरुलाई उपचार गर्न छोडेर डाक्टरहरूले महाअपराध गरेको सेवाग्राहीहरुको भनाई छ । उनीहरूले विरामीहरुको उपचारमा चिकित्सकहरू नफर्किए उनीहरुविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।