0 COMMENTS

काठमाडौं२४असार०७५/ स्वीडेनलाई २-० ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डका लागि खेलको ३० औं मिनेटमा हयारी मागुरे र डेल अलीले ५८ औं मिनेटमा गोल गरे ।

इंग्ल्यान्डको जितमा हारी मागुइरे र डेली अलीले एकएक गोल गरे । खेल सुरु भएदेखि नै आक्रामक खेल खेलेको इंग्ल्यान्ड ले पहिलो हाफको ३०औं मिनेटमा सुरुवाती अग्रता बनायो । आश्ले योङले पेनाल्टीमा उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै हारी मागुइरेले हेड गोल गरे । लगातार विपक्षी कोर्टमा बल खेलाएको इंग्ल्यान्डले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । इंग्ल्यान्ड का ह्यारी केन, रहिम स्टर्लिङलगायतले गोल गर्ने राम्रो अवसर खेर फाले ।

दोस्रो हाफमा पनि स्विडेनले रक्षात्मक खेल खेल्दा इंग्ल्यान्डले लगातार दबाब बनायो । स्विडेनका रक्षकलाई आच्छुआच्छु बनाएको इङ्ल्यान्डले दोस्रो हाफको ५९औं मिनेटमा अग्रता दोब्बर बनायो । जेस्से लिन्गार्डको क्रसमा हेड गर्दै डेली अलीले इंग्ल्यान्डको अग्रता दोब्बर बनाए । त्यसपछि कुनै गोल हुन सकेन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।