0 COMMENTS

नमराज भट्ट, काठमाडौं, २३ असार ०७५/ नेपाल चिकित्सक संघले जुम्लामा अनसनरत डा. गोविन्द केसीले उठाएका जायज माग सम्बोधन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ ।

संघको कार्यकारणी समिति, पदाधिकारी, पूर्व अध्यक्ष, परिषद् सदस्य र राजधानीका विभिन्न अस्पतालका निर्देशकहरुसँगको छलफल र सुझावका आधारमा प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई आज ज्ञापनपत्र बुझाएर ७२ घण्टे अल्टिमेटम दिने निर्णय गरिएको महासचिव डा. लोचन कार्कीले बताए । ७२ घण्टासम्म पनि सरकारले माग पुरा नगरे संघले देशभरि नै कडा विरोधका कार्यक्रम सञ्चालन गर्ने र त्यसको जिम्मा सरकारले लिनु पर्ने संघको ठहर छ ।

संघका एक अधिकारीका अनुसार ७२ घण्टासम्म माग सम्बोधन नभए देश भरिका स्वास्थ्य संस्था ठप्प पार्नेसम्मको आन्दोलनका कार्यक्रम संघले अगाडि सार्ने छ । डा. केसीको जिवन रक्षा र जायज माग पुरा गर्न शुक्रबारदेखि नै देश भरिका चिकित्सक र स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाधेर विरोध जनाउन सबैलाई संघले आग्रह गरेको छ । डा. केसीका बिगतका अनसनमा पनि संघको पहलकदमीले मात्र सरकारले केहीका मागमा सहमती गर्दै आएको थियो । देश भरिका चिकित्सकहरुको एक मात्र छाता संगठन नेपाल चिकित्सक संघमा ८ हजार भन्दा बढी सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।