0 COMMENTS

मस्को२३असार०७५/  रुसमा जारी विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको तेस्रो खेलमा आज इंग्ल्याण्ड र स्वीडेन भिड्दै छन् । नेपाली समयअनुसार यी दुवै टिमबीचको खेल पौने ८ बजे हुँदैछ । इंग्ल्यान्डले यसअघि विश्वकप जिती सकेको छ । उसले १९६६ मा आफ्नै राष्ट्रमा जितेको थियो ।

त्यसयता उसले उपाधी जित्न सकेको छैन । यस्तै, स्वीडेनले भने अहिलेसम्म उपाधी जित्न सकेको छैन । १९५८ मा उपविजेता भएको स्वीडेन त्यसयता फाइनलमा प्रवेश गर्न सकेको छैन । यस्तै, १९९४ मा तेस्रो भएको स्विडेन त्यसयता पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ र सेमिफाइनल प्रवेशका लागि आज रुसको सामारा एरिनामा इंग्ल्याण्डको सामना गर्न तयार छ ।

इंल्याण्ड हरेक विश्वकपमा दावेदार टोलीका रुपमा रहन्छ । तर, विश्वकपको नकआउट यात्रा उसका लागि पछिल्ला ७ संस्करणदेखि सहज बन्न सकेको छैन । सन् १९९० को विश्वकपमा चौथो भएको इंग्लिस टोलीले त्यसयता क्वार्टरफाइनल पार गर्न सकेको छैन । फुटबलको जन्मदाता दावी गर्ने इंग्ल्याण्ड विश्वकप इतिहासमै यसअघि मात्र २ पटक सेमिफाइनलमा पुगेको छ । इंग्लिस डिफेण्डर जोन स्टोन्स विश्वकप उपाधिको सपना देखिरहेका छन् तर उनले बुझेका छन् कि सामारा एरिनामा सेमिफाइनल प्रवेशका लागि हुने खेलमा स्विडेनले उनको टोलीलाई ठूलो चुनौती पेश गरेको छ ।

जेनी एण्डरसनको टोलीले मंगलबारको पहिलो खेलमा स्विट्जरल्याण्डलाई १–० ले हराएर अन्तिम आठमा स्थान बनाएको हो । इमिल फोर्सबर्गले विश्वकपमा आफ्नो पहिलो गोल दोस्रो हाफमा गरेपछि स्विडेनले खेल जितेको हो ।पछिल्लो पटक सन् १९९० को विश्वकपमा सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले स्विडेनविरुद्धको १३ खेलमा मात्र ३ जित हासिल गरेको छ । यद्यपि केही समर्थकहरु सोच्छन कि स्वीडेन कमजोर प्रतिस्पर्धी हो ।

स्विडिस कप्तान आन्द्रेस ग्रान्क्भिस्टले भनेका छन्, ‘यसबारे मैले कतै पढेका थिएँ, इंग्लिस पत्रिकाहरुले ९९ प्रतिशत जितको दावी गरिरहेका छन् । उनीहरुको यो महत्वाकांक्षा हेर्न लायक छ । हेरौँ खेलमा के हुनेछ ।’ -एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।