0 COMMENTS

काठमाडौँ२३असार०७५/ बडादशैँका बेला मात्र सर्वसाधारणका लागि खुला हुने गरेको हनुमानढोका स्थित श्वेत भैरव अब सधैंका लागि खुला गरिएको छ । श्वेत भैरवका गुठियारलाई भोज भतेर गर्न खर्च नै नपुगेको भन्दै दक्षिणा सङ्कलन हुने आशमा श्वेत भैरव अब जुनैदिन पनि सर्वसाधारणले दर्शन गर्न सक्ने गरी खुला गरिएको छ ।

गुठियार प्रकाश ताम्राकारका अनुसार सतुङ्गलमा श्वेत भैरव गुठीको १०४ रोपनी जग्गा मध्ये ७१ रोपनी रैतान व्यक्ति जग्गा धनी कायम गरिएको छ । कुल २२ रोपनी गुठी अधिनस्थ गुठी संस्थानको एकलौटी हक छ, अन्य जग्गा के कसो छ यकिन छैन ।

यी जग्गाको आयस्ता गुठियारले पुग्ने गरि पाएकै छैनन् दक्षिणाकालागिपनि भैरवलाइ खुला गरिएको हो, ढोका पूरै नउघारेर आधा ढोका मात्र उघारिएको ताम्राकार बताउनुहुन्छ । गुठी संस्थानका उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार यी जग्गाको आयस्ता निकै कम आउँछ, करोडौँ कारोवार भइरहेको यी जग्गाको वार्षिक १०÷१५ रुपियाँ मात्र कुत बुझाएपछि कसरी गुठियारले पर्याप्त रकम पाउँछन् ।

उहाँ प्रतिप्रश्न गर्नुहुन्छ, यसो भए पनि सालना गुठियारलाई रकम बढाएर दिइएको छ । गुठियारहरू खाली पैसापैसापैसा भन्दै कुदिरहेका छन् । स्थानीय समाजसेवी एवं श्वेत भैरवका अनन्य भक्त प्रचण्डलाल श्रेष्ठ मालपोत, गुठी संस्थान र बैङ्क यी तीन निकायको साँठगाँठमा श्वेत भैरव गुठीको मात्र नभएर गुठी अन्तर्गतका सवै देवस्थलका गुठियारको अवस्था यस्तै नाजुक रहेको बताउनुहुन्छ । तत्कालीन राजा रणबहादुर शाहले यो भैरव स्थापना गरेको अभिलेख छ । याे खबर अाजकाे गाेरखापत्रमा छ ।(फाेटाेःफेसबुक पेज)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।