0 COMMENTS

 उदयपुर, असार २०/ नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय जगतमा सबैभन्दा कम उमेरकी कान्छी खेलाडीको रुपमा स्थापित हुदै देशलाई बिभिन्न पदक दिलाउन सफल उदयपुरकी खेलाडी तथा पत्रकार रमिला बस्नेत उत्कृष्ट युवा उद्यमी प्रतिभा पुरुस्कार बाट पुरुस्कृत भएकी छन् ।

रमिला बस्नेत १३ वर्षको कलिलै उमेरमा ह्याण्डबल खेलबाट राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय स्तरको  खेलमा सहभागी जनाएर चर्चामा आएकी राष्ट्रिय ह्याण्डबल खेलाडी का साथै नेपालको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा सम्पन्न बिभिन्न खेलमा सहभागी भई राष्ट्रलाई स्वर्णदेखि रजत, कास्य  पदक दिलाउन सफल खेलाडी हुन् । उनले हालसम्म पाकिस्तान,  बंगादेश, भुटान, माल्दीब्स, भारत र दुवईलगायतका आधादर्जन बढी देशहरुमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई पदक हासील गरीसकेका छन् । उनलाई भुटानस्थित भुटानी क्लवले आफ्नो टिममा खेल्नका लागि अनुबन्धितका लागि सम्झौता समेत गरेको थियो । तत्कालिन समय बस्नेत स्वास्थ्य अवस्थामा देखिएको समस्याका कारण सहभागी हुन नसकेपछि सो क्लवले सम्झौता स्थगित गरेको थियो ।

यसरी उनी अन्तर्राष्ट्रिय टिमले समेत आफ्नो टिममा खेल्नका लागि अनुबन्धीत आग्रह र सम्झौता गरिएकोमध्ये पहिलो नेपाली ह्याण्डबल खेलाडी समेत हुन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय युवा समितिले खेलाडी बस्नेतलाई वर्ष २०७५ सालको उत्कृष्ट युवा उद्यमी प्रतिभा पुरस्कार बाट सम्मानित गरेको जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष खड्गबहादुर परियार तथा जिल्ला युवा समितिका अध्यक्ष खगेन्द्र पाेख्रेलले नगद सम्मानपत्र र दाेसल्ला अाेडाएर सम्मानित गरिएको थियोे । कार्यक्रममा युवा उद्यमी कृष्ण बास्ताेला सुधारिएको चुलो उद्यमी कल्पना राईलाई समेत सम्मानित गरिएको थियोे ।  जिल्ला समन्वय समितिको सभाहलमा अायाेजित कार्यक्रममा वक्तित्वकला कार्यक्रम समेत भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।