0 COMMENTS

सोलुखुम्बु १५ असार ०७५/ सोलुखुम्बुको नेचा सल्यानमा भएको जीप दुर्घटनामा थप एकको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको थियो । उक्त घटनामा ६ जनाको घटना स्थलमा नै र एक जनाको बाटोमा मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ । तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।