0 COMMENTS

काठमाडौं१४, असार ०७५/आगामी २ महिना भित्रमा सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन बाँकी भएका सबैले पाउने भएका छन् ।

यातायात व्यवस्था विभागले प्रीन्ट गर्न बाँकी रहेका लाइसेन्सको संख्या घटाइरहेको छ । झन्डै २ लाख ५० हजार लाइसेन्स प्रीन्ट गर्न बाँकी रहेकोमा करिब १० हजार लाइसेन्स प्रीन्ट गरिसकिएको छ ।

असारभर नयाँ लाइसेन्सको फाराम खुला नगरिएकोले विभागले बाँकी रहेको काम गरिरहेको छ । हाल ४ वटा मेसिनबाट दैनिक २ हजार लाइसेन्स प्रीन्ट भएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए ।

विहान र दिउँसो गरी दैनिक २ चरणमा प्रीन्ट गर्ने काम भएको छ । सार्वजनिक विदा तथा शनिबार पनि विभागल प्रीन्ट गरिरहेको छ ।थप चारवटा प्रीन्ट मेसिन ल्याएर पनि सञ्चालन गरिएको छैन । नयाँ मेसिनमा सफ्टवेयर सम्बन्धि काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।