0 COMMENTS

नेपालको राजधानी काठमान्डौ जँहा छाडा चौपाया व्यवस्थापन हुन नसक्दा यँहाका बासिन्दाका लागि निक्कै समस्या सृजना भएको छ । छाडा चौपायाले सवारी आवागमनमा बाधा पार्नुका साथै बिभिन्न सडक दुर्घटना समेत निम्त्याउने गरेका छन् ।

छाडा चौपायाले जथाभाबी फोहर गरिदिदा सडक र शहर दुबै दुषित पारेको छ भने बिभिन्न ठाउमा हुने छाडा चौपायाको मृत्युका कारण समेत वाताबरण दुषित हुने र बिभिन्ना खाले रोगहरु लाग्ने सम्भावना रहेको छ । बजार क्षेत्र र आसपासका क्षेत्रका अधिकांस बासिन्दाहरुको समय छाडा चौपाया लखेटनमै बित्ने गरेको छ । छाडा चौपायाहरुले सडकमा जताततै बस्ने भएका कारण सडकमा आवत जावत गर्ने सवारी साधनहरुलाई बाधा पुरयाएका छन् । रातको समयमा समेत सडकमै हुने भएका कारण सडकको आवागमन असहज बनेको छ । छाडा चौपायाले आवागमनमा अबरोध पुरयाउनका साथै बालीनाली खाने र सडक फोहोर समेत गर्ने गरेकाकारण यसलाई सम्बन्धित निकायले ब्यवस्थापन गर्नु आवश्यक रहेको छ ।

छाडा चौपायाले खेतीपाती खानुका साथै राती सुुत्न समेत नदिएको भन्दै नगरपालिकाले ब्यबस्थापन गर्नेमा आशाबादी रहेको समेत स्थानीय भनाई रहेको छ । सवारी चालकहरुले समेत छाडा चौपायाका कारण निककै समस्या हुने गरेको बताएका छन् । छाडा चौपायाले रातीको समयमा आप्नो करेसा बारी, र अन्य नगते बालीखाने गरेका छन् । स्थानिय निकायको निर्वाचनका बेला सबै जसो राजनितीक दलका घोषणा पत्रमा छाडा चौपाया ब्याबस्थापनका प्रतिबद्धता जनाएको भएपनि स्थानिय निकायमा जनप्रतिनिधि आइसकेपछिको समयमा भने यो समस्या झनै थपिएको छ । एकातिर स्थानिय बासिन्दाले दुध दिदा सम्म गाई भैसि पाल्ने र बाझो हुदा छोडने परम्पराले समस्या सृजना गरेको छ ।

छाडा चौपायाका कारण सुरक्षा चुनौती थपिएको छ । छाडा चौपायाका कारण धेरै सडक दुर्घटनाहरु समेत हुने गरेको छ । छाडा चौपायाको व्यबस्थापन त्यती सहज नभएको भन्दै यसका निम्ती सबै सरोकारवाला निकायहरु तयार हुनुपर्ने र स्थानिय जनताहरुले पनि साथ दिन आवश्यक रहेको सरोकारवालहरु को भनाई रहेको छ । यसरी दुध दिनजेलसम्म मात्र चौपाया पाल्ने प्रवृत्तीका कारण बिभिन्न समस्या सृजना साथै ती छाडा चौपाया व्यवस्थापन गर्ने काममा सरकारी बजेट खर्च हुने भएकाले बिकास निर्माण कार्यमा अवरोध हुनुका सार्थ दिर्घकालिन समस्या सृजना हुने देखिनछ । यस कारण सरकारी पक्षबाट पहल हुनु अति आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।