0 COMMENTS

लामो समयसम्म बसिरहने तथा धेरै कम वा धेरै बढि सुत्ने बानीले समेत मानिसको आयु घटाउने एक नयाँ अनुसन्धानले देखाएको छ । यो सँगै मानिसको आयु घटाउने मुख्य आनीबानीको संख्या ६ पुगेको छ ।
यसअघिका अध्ययनले मदिरा सेवन, असन्तुलित भोजन, निस्क्रियता तथा धुम्रपानलाई मानिसको आयु घटाउने मुख्य ४ आनीबानीको रुपमा देखाएका थिए । अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीका शोधकर्ताले गरेको पछिल्लो अध्ययनले यी ४ का साथै लामो समयसम्म बसिरहने तथा कम वा बढि निद्रालाई समेत आयु घटाउने तत्वको रुपमा देखाएको छ ।

उल्लेखित ६ बानी व्यहोरामध्ये कुनै एउटा बानी व्यहोराको तह असामान्य भएमा पनि त्यसले मानिसको स्वास्थ्यलार्य जोखिममा पार्ने विज्ञहरुको भनाइ छ । प्लस मेडिसिन जर्नलमा छापिएको खबर अनुसार उल्लेखित ६ वटै खराब बानी भएमा मानिस त्यसको ६ वर्षभित्रमा मर्ने जोखिम स्वस्थ मानिसको भन्दा ५ गुणा बढि हुन्छ ।
शोधकर्ताका अनुसार दिनमा सात घण्टाभन्दा बढि बस्ने, कममात्र शारीरिक व्यायाम गर्ने तथा नौ घण्टासम्म सुत्ने गरेमा मानिसको जिउ लगभग मरेतुल्य नै हुन्छ । शोधकर्ताका अनुसार अकाल मृत्युमध्ये एक तिहाइ अस्वस्थकर जिवनशैलीकै कारण हुने गर्दछन् ।
सिड्नी विश्वविद्यालयका शोधकर्ताहरुले यो निष्कर्ष निकाल्नका लागि ४५ वर्ष तथा त्यसभन्दा माथिका २ लाख ३० हजार मानिसमा ६ वर्षसम्म लगातार अध्ययन गरेका थिए । त्यसक्रममा जिवनशैलीका विभिन्न ९६ वटा चरहरुलाई लिइएको थियो र त्यसमा अध्ययन केन्दि्रत गरिएको छ ।
यसअघि अमेरिकी अध्ययनकर्ताहरुले विश्वमा हुने कुल मृत्युका ८ कारणहरुमा क्यान्सर, कलेजोको रोग तथा पार्किन्सन्स जस्तै टेलिभिजन हेर्ने लत पनि रहेको बताएका थिए । उनीहरुका अनुसार दिनमा साढे ३ घण्टासम्म बसेर टेलिभिजन हेर्ने मानिस केवल क्यान्सर तथा मुटुरोगको जोखिममा मात्र हुँदैनन् मधुमेह, इन्फ्लुएनजा, न्युमोनिया तथा कलेजो रोगको समेत जोखिममा हुन्छन् ।
यो वर्षको सुरुमा बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले दिनमा ८ घण्टाभन्दा बढि समयसम्म सुत्ने मानिसमा हृदयाघातको जोखिम कम सुत्ने मानिसमा भन्दा दोब्बर हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।