0 COMMENTS

काठमाडौं०५असार०७५/ फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो । कोलम्बियाविरुद्ध जापानको १-२ गोलले विजय भएको छ । जापानको युया यसाको र शिंजी कागावाले गोल गरेका हुन्।

समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गरेको हो । कोलम्बिया चार वर्षअघि ब्राजिलमा भएको विश्वकपको क्वाटरफाइनलमा पुगेको टिम हो । सन् १९६२ मा पहिलोपटक विश्वकपमा सहभागी भएको कोलम्बियाको यो छैटौँ विश्वकप हो । कोलम्बिया जेम्स रोड्रिगेज, फाल्काओ जस्ता विश्वकपबाट उदाएका खेलाडीहरुको अनुभव लिएका थिए ।

जापानले सन् १९९८ मा पहिलोपटक विश्वकप खेलेपछि लगातार सहभागिता जनाइरहेको छ । तर जापानको विश्वकप सहभागिता सहभागितामात्रै सीमित बनिरहेको अवस्थामा यो पटक भने जापान जितन सफल भएको छ । जापानले विश्वकपमा खेलेका १७ खेलमा चार खेल जितेको थियो । तुलनात्मक रुपमा जापान भन्दा कोलम्वियाको बलियो र अनुभवी राष्ट्र भएपनि जापानकै जित भएको छ ।कोलम्बियाका लागी जुआन फर्नांडो क्वेटरोले  गोल गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।