0 COMMENTS

isकाठमाडौं, कात्तिक १४ – काठमाडौं उपत्यकामा रगतको अभाव भएको छ । उपत्यकामा दैनिक तीन सयदेखि चार सय पिन्ट रगत आवश्यकता भएपनि अहिले दैनिक एक ५० देखि दुई सय पिन्टमात्र रगत उपलब्ध भएको प्रदर्शनीमार्गस्थित केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक डा. मनिता राजकर्णिकारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘भारत सरकारको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएकाले आवश्यक मात्रामा रक्त सङ्कलन केन्द्र स्थापना गर्न नसक्दा रगत अभाव भएको हो ।’ इन्धन अभावका कारण उपत्यकाका विभिन्न विद्यालय र कलेज बन्द भएपछि रगत सङ्कलनमा समस्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।