0 COMMENTS

टोकियो०३असार०७५/ जापानको दोस्रो ठूलो शहर ओसाकालाई बढी मात्रामा प्रभावित गर्नेगरी सोमबार बिहान भूकम्प गएको खबर छ ।

सो भूकम्पमा परी दुइ जनाको मृत्यु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको रहेको बताइएको छ । त्यसमा परी अर्काे एकजनाको पनि ज्यान गएको अनुमान गरिएको छ । तर पुष्टि भएको छैन ।भूकम्पमा परी केही व्यक्ति घाइते भएका जापान सरकारका प्रमुख सचिव यासिहिदे सुगाले जनाएका छन् । उनले मृत्यु हुनेमा एकजना ८० वर्षीय बृद्ध र नौ वर्षिया बालिका रहेका बताइएको छ ।

सोमबार बिहानको व्यस्त समय सो भूकम्प गएको छ । उद्धारकार्य जारी रहेको जापानको प्राकृतिक प्रकोप व्यवस्थापनसम्बन्धी अधिकारीले जानकारी दिएका छन् ।

प्रमुख सचिव सुगाले भूकम्पमा परी २० जना स्थानीय घाइते भएका समाचार दाताहरुलाई बताउनु भएको छ । भूकम्प ५.३ म्याग्निच्युडको मात्र रहेको भए पनि धेरै गहिरोगरी यसको केन्द्रबिन्दु नरहेकोले क्षति हुन पुगेको बताइएको छ ।

स्थानीय प्रहरीका अनुसार ओसाका शहरको उत्तरमा पर्ने ताकात्सुकि इकामा एकजना नौ वर्षीया बालिकाको मृत्यु भएको हो ।स्थानीय सञ्चारमाध्यमका अनुसार ५.३ म्याग्निच्युडको मापन गरिएको सो भूकम्पको कारण विद्यायलको पर्खाल भत्किएर ती बालिकाको मृत्यु भएको थियो ।अर्का एकजना ८० वर्षीय बृद्धको पनि पर्खाल भत्किएर नै मृत्यु भएको जापानी सञ्चार माध्यमले जानकारी दिएका छन् ।अर्का एक व्यक्ति आफ्नै घरमा पुस्तक राख्ने दराजमा च्यापिएकोले उनको उद्धार जारी रहेको बताइएको छ । स्नाथीय समयाअनुसार सोमबार बिहान ८ बजे सो भूकम्प गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।