0 COMMENTS

मिलन चाम्लिङ,धरान,०३असार०७५/ नेपाल पत्रकार महासंघ सुनसरीको आयोजना र धरान उपमहानगरपालिकाको सहकार्यमा ३ दिने खोजमुलक तथा जवाफदेहीता पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं १ का सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम उद्दघाटन गर्दै सञ्चार जगतलाई सूर्य सँग तुलना गर्दै पत्रकारिताले सारा जगतलार्इ उज्यालो छर्न सक्ने बताएका छन् । प्रदेश नम्बर १ सबै क्षेत्रहरुले भरिपुर्ण रहेकोले सबै निकायले सकारात्मक सोँचका साथ हातेमालो गर्न सकेमा प्रदेशलाई चाडै समृद्धितर्फ लान सकिने बताएका छन् । यसका लागी सञ्चारकर्मी लगायत सरोकारवालाले विशेष पहलका लागी जोड समेत दिएका छन ।
विशेष अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले मुलुकमा समृद्धिको यात्रा सुरु भएकोले खोजमूलक पत्रकारिता गर्नका लागि अनुसन्धानको क्षेत्र र माध्यमहरु प्रसस्तै भएको बताएकी छिन् । पत्रकारहरूको क्षमता विकास र संस्थागत विकासमा सदैव धारान उममहानगरपालिले साथ दिने प्रतिवद्ध समेत जनार्इकी छिन् ।

आपचारिक कार्यक्रमको सभाअध्यक्ष पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले गरेका थिए भने नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, निवर्तमान अध्यक्ष केशव घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सुनसरीको कार्यक्रम भए पनि पुर्वको मनोरम स्थल धनकुटाको साँगुरीगढी गाउँपालिका स्थित नाम्जेमा तालिम शुरु भएको छ । सुनसरीका करिव ३० पुरुष र ५ जना महिला सहित जम्मा ३५ जना पत्रकारहरुले तालिममा सहभागीता जनाएका छन । सोमवारसम्म चल्ने उक्त तालिममा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउले र कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक हरीबहादुर थापाले सहजिकरण गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।