0 COMMENTS

महिलाले पनि हस्तमैथुन गर्छन भन्ने कुरा सुन्दा पुरूषहरूलाई अच्चम्म लाग्नु स्वभाविकै होला तर कतिपय महिलाहरूले नै यो कुरालाई पत्यार मान्दैनन । कतिपय महिलाहरूले यौन उत्तेजनाको समयमा हस्तमैथुनका क्रियाकलाप गरिरहेका हुन्छन तर हस्तमैथुन गरेको हुँ भन्ने जानाकारीफ हुदैन ।

हस्तमैथुन बैकल्पिक यौनसम्बन्ध हो र यो कुनैपनि किसिमको जोखिम बिना नै यौनआन्नद लिने एउटा भरपर्दो विधि पनि हो । पुरूषले जत्तिकै महिलाले पनि यौन आननन्द लिन सक्छन तर हस्तमैथुन गर्ने पुरुषको तुलनामा महिलाको संख्या निकै भएको अनुसन्धानहरूले बताएको छ । नेपाल एडोलेसेन्ट तथा युथ सर्भे २०११ मा उल्लेख भएअनुसार नेपालमा ८० प्रतिशत पुरुष २८ प्रतिशत महिलाहरुले हस्तमैथुन गर्ने गरेका छन् ।

यस्तो अवस्था नेपालमा मात्र नभएर विदेशमा पनि देखिन्छ । अमेरिकामा गरिएको एक सर्भेक्षण अनुसार पनि पुरुषको तुलनामा महिलाहरूले कम मात्रामा हस्तमैथुन गर्ने गरेको देखाउँछ । अमेरिकाको युवाहरुमा सन २०१२ मा गरेको अध्ययन अनुसार १८ वर्षमाथिका अधिकाँश महिलाले कम्तीमा हप्ताको एकपटक हस्तमैथुन गर्छन।

अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धान अनुसार २५ देखि २९ वर्षसम्मका महिलामा ७ देखि ९ प्रतिशतले हप्तामा तीन पटकसम्म हस्तमैथुन गरेका उल्लेख छ ।

के महिलाहरूको हस्तमैथुन हानीकारक छ ?

यौन रोग विशेषाज्ञहरुका अनुसार महिलाका लागि हस्तमैथुन हानिकारक होइन बरू फाइदाजनक नै छ । हेल्थ लाइन यूकेको अन्लाइन पत्रीका मडिकल न्युज का अनुसार हस्तमैथुनले तनाव कम गर्न, निन्द्रा लगाउन, महिनावारिको बेला हुने दुखाइ काम गर्न मानसिक रुपमा यौन स्वास्थ्य सामान्य अवस्थामा रहन मद्त गर्छ ।

हस्तमैथुनका कैयौँ फाइदाहरू मध्ये पहिलो कुरा यसले यौनका कारण हुने तनाव कम गर्न सहयोग गर्छ । जसले हस्तमैथुन गर्नेगरेका हुन्छन उनीहरूका लागि यो सबैभन्दा सहज माध्यम भएकोले अनुकुल समय र स्थान पाउँदा हस्तमैथुन गर्छन ।

रिपोर्टहरूका अनुसार महिलाहरु हस्तमैथुन गर्नका लागि सबैभन्दा धेरै बाथरुम राज्ने गरेका हुन्छन । उनीहरूको भनाइ अनुसार नुहाउँदा स्तन र योनीमा पानीको धारा पारेर आनन्द लिने गर्दछन त्यस पश्चात ओछ्यान वा सोफामा बसेर पनि महिलाहरुले हस्तमैथुन गरेको इण्डियाना विश्वविद्यालयको अध्ययनमा उल्लेख छ ।

हस्तमैथुन मार्फत चरमोत्कर्ष प्राप्त गरेपछि महिलाले इण्डोर्फिन डोपामाइन र अक्सिटोसिन उत्पादन गर्छन् । यी हर्मोनले मूड फ्रेस गर्न मद्धद गर्छ हस्तमैथुन मार्फत आत्मविश्वास बढ्छ र साथीसँगको सम्वन्ध सुमधुर हुन्छ । जसको कारणबाट समयमा नै निन्द्रा लाग्छ र स्वस्थ रहन मद्त पुग्छ । हस्तमैथुन चारमोत्कर्षमा पुगेपछि शारीरिक र भावनात्मक रुपमा तनावरहित बनाउछ जसले चाँडो निन्द्रा पर्छ ।

आवश्यक परे महिनाबारीको समयमा पनि हस्तमैथुन पनि गर्न सक्छन । सेक्स नगर्दा पनि हस्तमैथुनले शरीरलाइ यौनिक बनाइराख्न मद्त गर्छ यसले तन्तुहरुमा लचिलो र स्वस्थ बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।