0 COMMENTS

 हरेक प्राणीलाई सेक्स आवश्यक छ । त्यसमाथि मानिसलाई अझै आवश्यकताको महसुस प्राकृतिक रुपले पनि गराउँछ । यौन सम्पर्क मानिसका लागि आवश्यक र प्राकृतिक क्रियाकलापपनि हो ।

सेक्स चाहना जगाउने अहिले आधुनिक समाजमा विभिन्न माध्यमहरु छन् । तर, पनि केहीलाई भने यसको रुची नहुन सक्छ । यो समस्या हो, स्वभाविक होइन । सेक्सको चाहना हुनु स्वभाविक मानिन्छ ।

सेक्स चाहना नहुनुको यी हुन् केही मुख्य कारण

१ मानसिक र शारीरिक तनाव र थकानका कारण पनि सेक्स गतिविधिप्रति रुची नहुन सक्छ । मानसिक कारणमध्ये डिप्रेसन सबैभन्दा प्रमुख कारण हो ।

कतिपय मानिसमा एग्जाइटी र पर्सनालिटी डिसअर्डरको कारण पनि यस्तो समस्या सिर्जना हुन सक्छ । यदि मानसिक कारणले यस्तो समस्या सिर्जना भएको थाहा पाएमा मनोचिकित्सकको सल्लाहअनुरूप यसको उपचार गर्न सकिन्छ ।

२. सेक्स पार्टनर मन नपर्दा, उसका गन्ध या स्वभाव मन नपर्दा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । तर, यस्तो समस्याको निराकरण भने गर्न सकिन्छ ।

३ . शरीरमा विभिन्न रोग लाग्दा पनि सेक्स चाहना हुँदैन । अण्डाशय, कलेजोमा आएको खराबी वा कुनै हर्मोनको गडबडीका कारण पनि मान्छेमा सेक्स चाहना नहुने समस्या हुन्छ । कुनै समय विशेष औषधि लामो समयसम्म प्रयोग गर्दा पनि यस्तो हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।