0 COMMENTS

 हामी सबैलाई थाहा भएकै कुरा हो की यौनक्रियाकलाप वा यौनसम्पर्क मानव जीवनको सबैभन्दा उत्तेजक र रोमान्चक पक्ष हो । तर पनि कतिपय यस्ता अवस्था हुनछन् जसमा यौंनसम्पर्क नगरेकै वेश हुन्छ । हुनत धेरै अध्ययनहरुले सेक्स मानव जीवनका लागि निकौ फाइदाजनक हुने देखाइसकेका छन् तर कहिलँकाही सेक्स स्वस्थ जीवनको प्रत्यूउत्पादक बनिदिन पनि सक्छ । यहाँ कुन–कुन समय र अवस्थामा यौनसम्पर्क गर्नुहुदैन त ? भन्ने बारेमा चर्चा गरिएको छ ।

संक्रमण भएको बेला

यदि तपाईको गोप्य अंगममा कुनै प्रकारको संक्रमण भएको छ भने यस्तो बेला यौनसम्पर्क राख्नुहुदैन् । यसले तपाईको पार्टनरलाई पनि संक्रमण सर्न सक्दछ । यदि यौनसम्पर्क गर्नैपर्ने भएमा कण्डमको प्रयोग गरेर मात्र सम्पर्क गर्नुपर्दछ ।

कुनै प्रकारको दुखाइ भएको बेला

तपाईको टाउको दुखाई या अन्य तनावका बेला यौनसम्पर्क गरेमा राहात मिल्ने भएपनि तपाईको गोप्य अंगमा कुनै प्रकारको दुखाई, सुन्निएको, या चिलाइरहको अवस्था छ भने सन्चो नहुँदासम्म यौनसम्पर्क नगरैके राम्रो । यस्तो बेला शारीरिक सम्बन्ध बनाएमा दुखाई झनै बढ्ने तथा संक्रमण हुने संभावना बढेर जान्छ ।

यदि पार्टनर चिनजानको छैन् भने

कुनै पनि अन्जान वा चिनेको थोरै समय भएको व्यक्तिसँग डेटमा जान गफगाफ गर्न रमाइलो नै भएपनि शारीरिक सम्बन्ध बनाइहाल्नु भारी पर्न सक्छ । उ कुनै यौनजन्य रोगबाट संक्रमित भएको हुन सक्दछ र त्यो तपाइमा सर्ने जोखिम पनि उत्तिकै हुन सक्दछ ।

तपाईसँग सुरक्षाको साधन छैन् भने

यदि तपाई पार्टनरसँग सेक्स गर्ने मुडमा हुनुहुन्छ तर पाटर्नरसँग कण्डम छैन भने त्यो बेला आफुलाई नियन्त्रणमा राख्दै सेक्स सम्बन्ध नबनाउनु नै तपाईका लागि बुद्धिमानी हुन जान्छ । असुरक्षित यौनसम्र्कबाट तपाईलाई डर छ भने त्यो सम्बन्ध नराखे कै वेश ।

सम्बन्धमा कुनै शंका छ भने

तपाई कसैलाई प्रेम गर्नुहुन्छ तर उ विवाहित हो अथवा तपाईलाई एकदमै मन पराउने व्यक्ति छ तर तपाई त्यति मन पराउनुहुन्न भने पनि यस्ता अवस्थामा शारीरिक सम्बन्ध नबनाएकै ठीक हुन्छ । यसको नतिजा दुवैका लागि बेठिक सावित हुन बेर लागदैन् ।

यौनसम्पर्कका लागि मूड नै नभएको बेला

यदि तपाईको वा पाटर्नरको सेक्स मूड छैन् भने मन नलागी नलागी शारीरिक सम्बन्ध बनाउ्ँदा त्यसको सकारात्मक असर नपर्न पनि सक्छ । सेक्स कुनै कार्यतालिका जस्तो नभइ दुवैको सहमति र मुड आएको बेलामा गर्दा उत्तम हुन्छ । (नवभारत टाइम्सबाट)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।