0 COMMENTS

एजेन्सी । अाजभाेलि मासु खान छाेड्नेहरू बढ्न थालेका छन् । स्वास्थ विज्ञानले पनि शाकाहारी भन्दा मांसहारीलार्इ बढि राेग लाग्ने बताउँछ । झन् ४० वर्ष कटेकाले तवस्तारै मासु छाेड्दा नै फाइदा हुने डाक्टर कै सल्लाह पनि हुने गर्छ । तर एक अध्ययनले त्यसकाे ठीक विपरित तथ्यांक सार्वजनिक गरेकाे छ ।

साे अध्ययनले मासु खाने व्यक्तिमा यौन जीवनको सम्बन्ध राम्रो हुने दावी गरेको छ । यद्यपी, यो अध्ययन एक मासु बेच्ने कम्पनीले गरेको हो । मांसहारीले कम्तिमा हप्तामा एक पटक यौन सम्पर्क अवस्य गर्ने बताएका छन् । यस अध्ययनमा बेलायतका दुई हजार व्यक्तिले सहभागिता जनाएका थिए ।

तीमध्य मासु नखाने व्यक्तिमध्ये १६ प्रतिशतले मात्रै हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताए । जबकी मासु खानेमध्ये ४२ प्रतिशत व्यक्तिले हप्तामा एक पटक यौन सम्पर्क गर्ने बताए ।

त्यस्तै, ४२ प्रतिशतले हप्तामा कम्तिमा एक पटक मासु खाने र उनीहरुको यौन जीवन पनि राम्रो रहेको बताए ।‘गउरमेन्ट मिट क्लब’ नामक वेबसाइटले अध्ययन गरेको हो । यद्यपी, अध्ययनमाथि शंका गर्दै शाकाहारी व्यक्तिले पनि आफ्नो यौन जीवन पनि राम्रो रहेको दाबी गरेका छन् ।

याैन सन्तुष्टी एक मनाेवैज्ञानिक विषय भएकाले यसकाे फरक फरक अनुभूति हुनसक्ला ।यसमा मानिसकाे शारिरिक र मानसिक स्वास्थ्यकाे मुख्य भूमिका हुने तर्क गर्नेहरू पनि कम छैनन् ।याे अध्ययनकाे विश्वासनीयतामाथि प्रश्न उठाउने ठाउँ प्रशस्त देखिन्छ । किनकी मासु बेच्ने कम्पनीले गरेकाे अध्ययन हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।