0 COMMENTS

काठमाडौं २२जेठ०७५/ सर्वोच्च अदालतले विपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले विपी राजमार्गमा ठूला गाडी गुडाउने इजाजत दिने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिएको हो । सर्वोच्चले यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सरकारलाई आदेश दिएको छ । सडक साँघुरो भएको ठहरसहित त्यस राजमार्गमा ठूला गाडी चलाउन इजाजत नदिन सरकारको नाममा अन्तरिम आदेश जारी गरिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो ।

अधिवक्ता कैलाशराज दाहालले विपी राजमार्गमा ठूला गाडी गुडाउन अनुमति नदिन माग गर्दै सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

त्यसैगरी न्याय परिषदले १६ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्त गर्न कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीलाई सिफारिस पनि गरेको छ । रिक्त जिल्ला न्यायाधीश पदको परीक्षामा उतीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीशमा नियुक्त गर्न परिषदले कायममुकायम प्रधानन्यायाधीश जोशीलाई सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।