0 COMMENTS

धेरै जसो औषधी यस्ता हुन्छन् जुन हामी डाक्टरको सल्लाह विना नै लिने गर्छौं । तर तपाइँलाई थाहा नहुन सक्छ यस्ता घरमै राखिने र नियमितरुपमा चिकित्सकलाई नसोधी लिइने औषधीका थुप्रै साइड इफेक्ट हुन्छन् ।

टाउको दुखेको बेला वा ज्वरो आएको समयमा खाने औषधीले साइड इफेक्ट हुन्छन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यस्ता कुनै औषधीको साइड इफेक्टले त जीवन नै बर्वाद समेत हुन सक्छ ।

उच्च रक्तचापका लागि लिइने ड्युरेटिक्स र बीटाब्लाङ्कर्स जस्ता औषधीले रक्त चाप सामान्य बनाएपनि यौन जीवन भने बरबाद गरिदिन सक्छन् ।

मुटु स्वस्थ राख्ने यी औषधीले यौन प्रणालीमा गम्भिर असर गर्ने अनुसन्धानले देखाएको छ । यस्ता औषधीले पुरुषको यौन अंगमा रक्त सञ्चार प्रभावित हुने भएकाले समस्या हुने अनुसन्धानको निष्कर्ष छ ।

त्यस्तै तनाव घटाउन प्रयोग गरिने लेक्साप्रो, प्याक्सिल, प्रोज्याक, जोलोफ्ट जस्ता औषधीले पनि पुरुषलाई उत्तेजना नहुने समस्या हुन सक्छ ।

त्यसैगरी अनिच्छित गर्भ रोक्न प्रयोग गरिने पिल्सले समेत यौन स्वास्थ्यमा गम्भिर असर पार्छ ।

कुनै पनि औषधी सेवन गर्नु अघि चिकित्सकको सल्लाह लिनु अनिवार्य हुन्छ । साइड इफेक्ट्सबारे चिकित्सकसँग परामर्श नगरी कहिल्यै पनि औषधी सेवन नगर्नुस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।