0 COMMENTS

मिलन चाम्लिङ,धरान,१७जेठ०७५/परिवर्तनको आशा नेपाल नामक संस्थाले आफ्नो पहिलो बार्षिक उत्सबको अवसर पारेर सरस्वती बाल आश्रममा आश्रय लिर्इर हेका २४ जना बालबालिकाहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ।

परिवर्तनको आशा नेपालले अाफ्नाे बाल आश्रममा आश्रय लिरहेको बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरेकाेमा खुसी व्यक्त गर्दै भोलिको दिनहरूमा पनि संस्थाले यस्तै राम्राखाले कामहरू गर्न अनुरोध गरेको छ अन्य मनका धनी तथा सहयाेगी मनहरूलाइ सरस्वती बाल आश्रमलाई सहयोग गर्न सरस्वती बालआश्रमका कार्यबाहक अध्यक्ष दानबहादुर राईले अपिल गरेका छन।
त्यसैगरी परिवर्तनको आशा नेपालले निःशुल्क स्वास्थ्य शिबिर सरस्वती बाल आश्रममा मात्र नभएर देशमा रहेको विभिन्न क्षेत्रमा गर्नु पर्ने र नगरपालिकामा सहयोग माग्न आएको खण्डमा धरान उपमहानगरपालिका र धरान उपमहानगरपालिका वडा नं ३ सधै सहकार्य गरेर अगि बढ्ने धरान उपमहानगरपालिका तीनका कार्यबाहक वडाध्य्क्ष बिकास कुमार बनेपालीले बताएका छन।

सम्भावना,चुनौती र सहाकार्यता भन्ने नाराको साथ गत बर्ष जेठ १७ गते दर्ता भएर सामाजिक,सास्कृतिक रुपान्तरणको लागि आर्थिक रुपान्तरण गरेर लानु पर्छ भन्ने सोचका साथ स्थापना भएको परिवर्तनको आशा नेपाल नामक सस्थाले भोलिको दिनमा पनि समाजमा रहेको समस्याको पहिचान गर्दै त्यसलाई निर्मुल गर्न लागि पर्ने परिवर्तनको आशा नेपालका अध्यक्ष बिकास लम्साल बताए।

सिनियर अ.हे.ब सहबिर वि.क. ल्याब असिस्टेन्ट काजीमान गिरि र ल्याब टेक्निसियन पुर्ण गुरुङले आश्रममा रहेको बालबालिकाको स्वास्थ्य परिक्षण गरेको परिवर्तनको आशा नेपालको महासचिव पुर्ण गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।