0 COMMENTS

यौनसम्बन्ध भनेकोे मानवी जीवनको एउटा महत्व पाटो हो । यसले जसरी मानिसलाई तनाब मुक्त गरी स्वर्गीय आनन्द दिन्छ । तर सबै यौजसम्बन्ध सुखद हुन्छन भन्ने छैन । एक अध्ययनका अनुसार हरेक १० जना महिला मध्ये एकजना महिलाले यौनसम्पर्कपछि असहज महशुस गर्ने गरेको बताएको छ ।

प्रसुतीसँग सम्बन्धित ब्रिटिस जर्नलले सबै महिला आफ्नो यौनजीवनबाट सुखी र खुशी छन् त ? भन्ने शीर्षकमा हालै गरेको एक अध्ययनमा खासगरी १६ देखी २४ र ५५ देखी ६० वर्ष बीचका महिलाहरुले दुखाईको अनुभव गर्ने गरेको जवाफ दिएका थिए ।

शारीरिक सम्पर्क पिडादायी हुनुमा विभिन्न कारणहरु रहेको पनि अध्ययनका क्रममा भेटिएको दाबी गरिएको छ । कुनै महिलाले मानसिक रुपमा विक्षिप्त, चिन्तित तथा मन नपरेको यौनपार्टनरका कारण पनि यौनसम्पर्कका बेला पीडा महसुस हुने देखिएको जर्नलमा उल्लेख गरिएको छ ।

त्यसैगरी शारीरिक रुपमा अस्वस्थ, आर्थिक रुपमा विपन्न तथा कुनै यौनजन्य रोग लागेका महिलाहरुको शारीरिक सम्पर्क पनि पिडादायी हुने गरेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।