0 COMMENTS

युवा अवस्थामा यौन चाहना र क्षमता बढी हुने आम धारणा रहेपनि एक अध्ययनले भने चालीस वर्षपछिको यौनसम्बन्धबाट सबैभन्दा बढी सन्तुष्टि पाउने जनाएको छ ।

क्यानाडामा गरिएको एक अध्ययनले उमेर बढेसँगै यौन सन्तुष्टि कम नहुने दावी गरेको हो । अनुमानविपरित अध्ययनले ४० वर्षपछि यौन जीवन झन राम्रो हुने बताएको छ ।

४० देखि ५९ वर्ष उमेरका २४ सय जना क्यानेडाली मानिसहरुमा गरिएको अध्ययनको आधारमा यस्तो निष्कर्ष निकालिएको थियो ।

शोधकर्ताहरुले उक्त उमेर समूहका मानिसहरुलाई उनीहरुको यौन स्वास्थ्य, खुसी तथा आनन्दका साथै उनीहरुको यौनिक आनिवासी तथा प्रवृत्तिको अध्ययन गरेका थिए ।

क्यानडाको युनिभर्सिटी अफ गोएल्फका यौनिक तथा सम्बन्ध सम्बन्धी शोधकर्ता रोबिन मिल्हसेन भन्छन्– ‘उमेर छिप्पिएसँगै सेक्सको महत्व घट्दै जाने तथा सेक्स कम आनन्ददायी हुने र यसको दर पनि घट्दै जाने आम धारणा छ । तर अध्ययनले धेरै अधवैँशे क्यानेडालीहरुले भने सन्तुष्टदायी र सक्रिय यौन जिवन हाँकिरहेको देखाएको छ ।’

अध्ययनमा सहभागी गराइएका ६५ प्रतिशतले आफ्नो पछिल्लो यौन सम्पर्क आनन्ददायी भएको बताएका छन् । आफ्नो अहिलेको प्राथमिक सम्बन्ध संवेगात्मक रुपमा आनन्ददायी र सन्तोषजनक रहेको लगभग सबैजसोको भनाइ थियो ।

अझ अध्ययनले अर्को रोचक कुरा त के पत्ता लगाएको छ भने ‘जति उमेर छिप्पिँदै गयो मानिसहरु यौन सम्पर्कमा नयाँ नयाँ प्रयोग गर्न थाल्दछन् र यौन सम्बन्धलाई पनि एड्भेन्चर्स बनाउन थाल्दछन् ।’

६३ प्रतिशत सहभागीले यौन सम्पर्कका बेला आफुले एक दशक पहिले अपनाउने विधि भन्दा अहिले आनन्द प्राप्त गर्न नयाँ नयाँ विधि प्रयोग गर्ने गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।