0 COMMENTS

 हरेक मानिसको यौन जीवनमा केही न केही उतारचढाव हुन्छ । उच्च यौन वेगले मानिसको जीवनमा केही समस्या पनि निम्त्याइरहेको हुन्छ । मानिसहरुक आफ्नो उच्च यौनबेग सम्हाल्न नसक्दा धेरै समस्याबाट ग्रसित हुन्छन् । आफ्नो साथीबाट धेरै कुराको अपेक्षा गर्नु तर नपाउनु, साथी नै नहुन जस्ता कुराले उच्च यौनवेग नियन्त्रण गर्नुपर्ने आवश्यकता हुन्छ । यहाँ आफ्नो जीवनशैलीमा केही सरल परिवर्तन गरेर आफ्नो उच्च यौनवेगलाई कम गर्न सकिन्छ ।

१) चिकित्सकसंग सल्लाहः
आफ्नो यौन आवश्यकताको विषयमा आफ्नो चिकित्सकसंग सल्लाह लिनुस । चिकित्सकले तपाईको समस्याको पहिचान गरेर परामर्श अथवा औषधी दुवै दिन सक्छ । जसले तपाईको उच्च यौनवेगलाई कम गर्न सकिन्छ ।

२) आफ्नो यौनवेग घटाउन त्यसको कारणको बारेमा बिचार गर्नुस्ः
यदि धार्मिक कारणले तपाई आफ्नो यौन इच्छा कम गर्न चाहनुहुन्छ भने आध्यातमिक सल्लाहाकारसंग कुरा गर्नुस । आफ्नो यौन विषयमा कुरा गर्न चहिचकिचाउनुस् । यदि तपाईको यौन साथी छ भने साथीसंग आफ्नो मनको कुरा स्पस्ट राख्नुस् ।

३) यौन उत्तेजनाबाट बच्नुसः
यौनवेगबाट बच्च अश्लिल साहित्य वा पोर्न चलचित्र हेर्न बन्द गर्नुस् ।सथै तपाईले तपाईलाई यौन उत्तेजना गर्ने विषेश कुराप्रति ध्यान दिनुहोस् । जति सम्भव छ यसबाट बच्ने प्रयास गर्नुहोस ।

४) शरीरलाई सक्रिय राख्नुस्ः
आफ्नो शरीरलाई खेल, व्यायम र योगा जस्तो कार्यमा लगाउनुस् । यसले तपाइलाई सेक्सबाट मन भगाउन मद्धत गर्छ ।

५)हस्तमैथुन नगर्नुसः
यौन इच्छा पुरा गर्न हस्तमैथुनको साहारा नलिनुस्। हस्तमैथुन बाहेक यसको विकल्पमा आफुलाई राम्रो कार्यमा व्यस्त गर्नुहोस् ।

६) सेक्स रहित सम्बन्ध बनाउनुसः
सेक्स रहित सम्बन्ध जस्तै साथीहरु बनाउनुस । आफ्नो मित्रता राम्रो बनाउन यात्रा तथा अन्य कुरामा ध्यान दिनुस् । कुनै संस्था वा कल्बमा स्वमसेवकको काममा मन लगाउनुस । जसले तपाईलाई सेक्स विना पनि सम्बन्ध सन्तोषजनक बनाउन सक्छ ।

७) रक्सी वा नशालु पदार्थबाट टाढाः
रक्सी वा नशालु पदार्थको सेवन नर्गनुस । यसको प्रयोगले तपाईलाई कुनै सेक्स गतिविधिमा संलग्न हुन प्रेरित गर्न सक्छ । यसैले यसबाट सधैं टाढा रहनुस् ।

कयौंपटक तपाई आफ्नो यौन इच्छा पुरा गर्न आफ्नो साथीको मर्जीविना सम्बन्ध बनाउन चाहन्छन् । कोहीले त बलत्कारको साहारा लिन्छन् । यदि तपाईलाइ यस्तो हुन सक्ने खतराको महसुस हुन्छ भने तुरुन्त यस्तो परिस्थितिबाट बाहिरीन आफ्नो परामर्शदातासंग सल्लाह लिनु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।