0 COMMENTS

एजेन्सी । यौन चाहना नआउनुका कारणहरू धेरै हुन सक्छन् जसमध्ये प्रमुख कारण रागरसको गडबडीलाई मानिन्छ । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोगको) औषधि र मधुमेहको औषधिको सेवन गरेको अवस्थामा पनि उसमा सो इच्छा नआउन सक्छ । यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने गरेका व्यक्तिमा थकान र विभिन्न कुराको तनावले गर्दा मानसिक रूपमा तयार नहुनाले पनि यौन इच्छा नआउन सक्छ ।

यो कुरा केही हदसम्म वंशाणुगत कारणले पनि हुन सक्दछ । तर प्रायः समस्याहरूलाई सजिलै सही परामर्शको माध्ययद्वारा हल गर्न सकिन्छ । यहाँ बुझ्नुपर्ने कुरा के छ भने यौन इच्छा नआउनु कुनै रोग होइन र यसले शरीरमा कुनै किसिमको असर पनि गर्दैन झन् यौन सम्पर्कबाट टाढा रहनु भनेको त विभिन्न रोग र संक्रमणजस्तै एचआईभी र एड्स आदिबाट बच्नु पनि हो । विवाहपछि कुनै पनि व्यक्तिमा यौनसम्पर्कको चाहना हुनैपर्छ भन्ने छैन । यदि रागरस वा वंशाणुगत कारणले गर्दा कुनै व्यक्तिको यौनइच्छा नआएको छ भने यसमा विवाह हुनु वा नहुनुले खासै महत्व राख्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।