0 COMMENTS

यौन छाडा कुरा होइन, न बर्जित नै । तर, यसको आफ्नो सीमा र प्रक्रिया छ । यौनलाई त्यती नै ग्रहण गर्नुपर्छ, जति हामीलाई प्रकृतिले दिएको छ । यौनमा अति लिप्त हुनुले विकृत मानसिकताको संकेत गर्छ । यसले यौन हिंसा, बलात्कार जस्ता कुकर्म गर्न उक्साउँछ । यौन त्यसबेला छाडा हुन्छ, जहाँ कसैमाथि बर्बतपूर्वक शारीरिक सम्पर्क गर्ने चेष्टा राखिन्छ ।

यौनको विधी छ, समय छ र स्थान छ । कुन बेला यौन सम्पर्क गर्ने, कहाँ गर्ने, कसरी गर्ने भन्ने कुराको खोज र अभ्यास सदियौंदेखि हुँदै आएको छ । त्यसैले जतिसुकै बेला, जहाँपायो त्यही यौन सम्पर्कका लागि उत्साहित हुनु वा त्यस्तो मानसिकता राख्नु चाहि ‘छाडापन’ हो ।

प्रकृतिले समेत यौनका लागि निश्चित समय दिएको छ । चराचर जगत यौनमै अडिएको छ तर, एउटा प्रक्रियाभित्र रहेर । चराचुरुङ्गी, किरा फट्याङ्ग्रा, जीवजन्तु नाङ्गै हुन्छन् । तर, जतिबेला पनि उनीहरु यौनमा लिप्त हुँदैनन् । एउटा निश्चित समय आउँछ, जतिबेला उनीहरु यौन क्रियामा सहभागी हुन्छन् । तर, सृष्टिको सर्बश्रेष्ठ प्राणी भएर पनि मान्छे यौनमा अराजक छन् ।

जबकी हाम्रो धर्म, संस्कार आदिले यौनलाई नियमन गर्ने प्रयास गरेको छ । पूजा आजा, तिर्थ, ब्रत, उपवास आदिको माध्यामबाट यौन क्रियालाई सहि बाटोमा डोहोर्‍याउन खोजिएको छ । तर, हामीले यसको मर्मलाई बुझेका छैनौ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।