0 COMMENTS

 एउटा नयाँ मतसर्वेक्षणका अनुसार विवाहित वा एक्लै बस्नेको तुलनामा सम्बन्धविच्छेद गरेकाहरु बढी सेक्स गर्छन । सर्वेका अनुसार बेलायतमा ११ प्रतिशत सम्बन्धविच्छेद गरेकाहरु एक महिनामा करिब २१ पटकभन्दा बढी सेक्स गर्दछन्।

जबकि विवाहित वा एक्लै बस्ने वा विधवा आदि श्रेणीका मानिस कमै सेक्स गर्छन । सर्वेबाट फुल टाइम जागिर खानेहरुको तुलनामा अवकाश प्राप्त मानिसहरु दिनमा कमसेकम दुई पटक यौन आनन्द उठाउने गरेको पनि खुलासा भएको छ।

द सण्डे टेलिग्राफको स्टेला म्याग्जिनका लागि गरिएको यो सर्वेमा यो सबै कुराको खुलासा भएको हो । सर्वेमा १८०० जना बेलायती नागरिकलाई सहभागी गराइएको थियो । अनलाइन पोलिङ्गको माध्यमबाट गरिएको यो सर्वेमा ५५ वर्षमाथिका करिब २२ प्रतिशत बेलायती नागरिकले आफ्नो यौन शक्ति बढाउनका लागि कुनै न कुनै प्रकारको औषधि प्रयोग गर्ने गरेको खुलासासमेत भएको छ।

साथै ३७ प्रतिशत महिलाहरु सेक्स खेलौना प्रयोग गर्दछन् । करिब ७० प्रतिशत पुरुष यौन सामग्री हेर्न मन पराउछन् । त्यस्तै २५ देखि ३४ वर्ष उमेर समूहका मानिस हरेक २० मध्ये एकले समान लिंगीसंग यौन सम्बन्ध कायम गरेका थिए । करिब ६८ प्रतिशत सम्बन्ध विच्छेद गरेका विवाहित या एक्लै बस्नेहरुको तुलनामा महिनामा ६ देखि २० पटकसम्म यौन क्रियामा लिप्त रहेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।