0 COMMENTS

भगोष्ठः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो । यसको दायाँ र बायाँतर्फ बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन् । हामीले यी ठूला भगोष्ठलाई बाहिर फर्कायौं भने दुवैतिर एक–एक साना भगोष्ठ देख्न सक्छौं । यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ । यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक–अर्कासँग जोडिएको हुन्छ । यी भगोष्ठको आकृति र नाप व्यक्तिअनुसार फरक हुन्छ ।

भंगाकुरः यो महिला शरीरमा भएको महत्वपूर्ण यौनअङ्ग हो । यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँ भगोष्ठ दुवैतिरबाट एक–आपसमा जोडिन्छन् । यसको काम भनेकै महिलालाई यौन सुख दिनु हो । भगाङ्कुरको टुप्पोलाई अंग्रेजीमा नबिलक भनिन्छ । व्यक्तिअनुसार यसको आकार फरक भए पनि सामान्यतः यो केराउको दानाजत्रो हुन्छ । यसको कजबात शरीरसँग जोडिएको हुन्छ । भगाङ्कुर लामो–छोटो हुनुमा कजबात को विशेष भूमिका हुन्छ । निकै सानो भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ ।

योनिः भगक्षेत्रमा दुईवटा द्वार हुन्छन् । त्यसमध्ये पिसाब आउने द्वारलाई मूत्रद्वार भनिन्छ भने त्यसको ठीक तल रहेको अर्को द्वारलाई योनिद्वार भनिन्छ । योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ । यो मांसपेशीले बनेको एकदमै लचिलो यस्तै ३–४ इन्च लामो मार्ग हो । सामान्य अवस्थामा यसका भित्ताहरू एक–अर्कासँग टाँसिएको अवस्थामा हुन्छ, तैपनि योनिको लम्बाइ र चौडाइ व्यक्तिपिच्छे फरक–फरक हुन्छ । योनिद्वारको गोलाइ पनि फरक–फरक हुन्छ । योनिद्वार नजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ जसलाई योनिच्छद भनिन्छ ।

योनिको आकृतिको विविधतालाई अनुसन्धानकर्ताहरूले समानान्तर, सोली, पान, चिप्लेकिरा तथा फर्सीको बियाँजस्ता विभिन्न आकारको हुने कुरा बताएका छन् । यौन उत्तेजनाका बेला योनिको भित्तावाट विशेष रस निस्कन्छ, जसले योनिलाई चिप्लो बनाई यौनसम्पर्क गर्दा लिङ्गलाई भित्र–बाहिर गर्न सजिलो बनाउँछ । लचिलो हुने भएकाले यसको आकृति यौनसम्पर्कका बेला आवश्यकताअनुसार ठूलो वा सानो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।