0 COMMENTS

काठमाडौं०५जेठ०७५/ सिन्डिकेटविरुद्ध खुलेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ।

यातायात क्षेत्रमा वर्षौंदेखि रहेको सिन्डिकेटविरुद्ध विभिन्न नौ वटा कार्यविधि ल्याएर यतायात क्षेत्रमा सुधारको शुरुवात गरेका भट्टराई उक्त सुरधारको निष्कर्ष नआउँदै विभागबाट हटाइएका हुन्।

वैशाख २३ गते सरकारको कदमविरुद्ध घुँडा टेकेका सिन्डिकेटधारी यातायात व्यवसायीको मिलेमतोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले भट्टराईलाई विशेष जिम्मेवारी दिनुपर्ने भन्दै सरुवा गरेका हुन्। उनलाई विभागबाट मन्त्रालय फिर्ता गराइएको छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।