0 COMMENTS

काठमाडौँ, २ जेठ ०७५/ नेकपा एमाले र माओवादीबीच पार्टी एकताको खाका तय भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको स्रोतले बतायो । जसअनुसार, एमालेबाट २ सय ४१ जना र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बन्ने भएका छन् । अनुपात हेर्दा माओवादी माओवादीको भन्दा एमालेको जम्मा ४१ जना बढी हुनेछन् ।

यसैगरी, चुनाव चिन्ह एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुने भएको छ भने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने भएको छ ।

प्रचण्डसँग बुधबार बिहान भएको छलफलका बारेमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुलाई जानकारी गराएका थिए । दुई पार्टीका दोस्रो तहका नेताहरुले यो सहमतिको खाका तयार गरेका हुन् । पार्टी एकता संयोजन समितिको बिहीबारको बैठकले यो खाकालाई अन्तिम टुंगो लगाउने बताइएको छ ।

यस्तो छ प्रस्तावित खाकाः

केन्द्रीय कमिटी ४४१ सदस्यीय (एमाले २४१, माओवादी २००)
स्थायी कमिटी ४३ सदस्यीय (एमाले २५, माओवादी १८)
चुनाव चिन्ह सूर्य
पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।