0 COMMENTS

सुर्खेत०२जेठ०७५/  सुर्खेतबाट सिमिकोटका लागि उडेर बेपत्ता मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान दुर्घटनामा पाइलोेट र को पाईलोट दुवैको मृत्यु भएको छ ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार पाइलट र को पाइलट दुवैको मृत्यु भएको हो । बिहान ६ बजेर २० मिनेटमा सुर्खेत विमानस्थलबाट सामान लिएर उडेको ‘कार्गो’ जहाज हुम्लाको खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो । घटनास्थलमा अहिले अर्को हेलिकोप्टर पुगेको छ । थप विवरण आउन बाँकी छ ।

जहाज बिहान ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो। विमानमा पाइलट किरण भट्टराई र को पाइलट रहेको आदित्य नेपाली थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।