0 COMMENTS

काठमाडौँ, १ जेठ०७५/ जिल्ला आदालत रौतहटले माओवादी सांसद कुन्दप्रसाद कुशवाहलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ ।

रौतहटको क्षेत्र नम्बर ३ को प्रदेशसभा सदस्यमा निर्वाचित सांसद कुशवाहलाई वन कसुरको मुद्दामा पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिएको हो । उनीविरुद्ध अवैध रुपमा चिरान काठको कारोबार मुद्दा दायर भएको थियो ।

सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ बरामद भएको थियो ।

पक्राउ परेका ट्रक चालक ईन्द्रबहकादुर मानन्धरले बयानमा काठ टहरियास्थित न्यू एभरेष्ट स मिलका काठधनी कुन्दनप्रसाद कुशवाहको भएको बताएपछि उनीविरुद्ध समेत मुद्दा दायर भएको थियो ।

जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो । पछि तत्कालिन पुनरावेदन अदालत हेटौंडाले कुशवाहलाई दोषी ठहर गरेको थियो । उनलाई एक वर्ष कैद सजाय भएको छ । त्यसविरुद्ध उनले सर्वाेच्चमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।