0 COMMENTS

मिलन चाम्लिङ,धरान२९बैशाख०७५/  Pedal for helth & environment भन्ने नाराको साथ सुनसरी जिल्ला साइकिलिङ एसोसिएसनको आयोजनामा बिजयपुर पन्चकन्या मन्दिर परिससरमा प्रथम मेयर क्रस कन्ट्री च्याम्पियनसिप साइकिलिङ प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितालाई चारवटा क्षेत्रमा वर्गीकरण गरेर सन्चालन गरिएको थियो जस्मा मेन इलेट(men elite) तर्फ २८ किलोमिटर दुरि १ घण्टा ३४ मिनेट ५२ सेकेन्डमा पार गर्दै अहना श्याम राई पहिलो,१ घण्टा ३७ मिनेट २९ सेकेन्डमा पार गर्दै अभिषेक राई दोस्रो र १ घण्टा ४८ मिनेट ३८ सेकेन्डमा पार गर्दै तेस्रो भएको छ ।

त्यस्तै महिला खुल्ला तर्फ १२ किलोमिटर १ घण्टा १५ मिनेट ५ सेकेन्डमा पार गर्दै आशा लिम्बू पहिलो,१ घण्टा ३१ मिनेट ७ सेकेन्डमा पार गर्दै अनिशा गुरुङ दोस्रो र १ घण्टा ३७ मिनेट १९ सेकेन्डमा पार गर्दै इशा तामाङ तेस्रो भएको छ। ब्वाइज जुनियर (boy’s junior)तर्फ १२ किलोमीटर दुरि ४७ मिनेट १९ सेकेन्डमा पार गर्दै सुशान्त मेन्याङ्बो पहिलो ५० मिनेट २१ सेकेन्डमा पार गर्दै उत्सब राई दोस्रो र ५२ मिनेट २१ सेकेन्डमा पार गर्दै अभिषेक लिम्बू तेस्रो भएको छ भने मेन मास्टर(men’s master) तर्फ १२ किलोमीटर ५९ मिनेट ३३;सेकेन्डमा पार गर्दै कृष्ण केसि पहिलो १ घण्टा ४ मिनेट ३० सेकेन्डमा पार गर्दै दिल बहादुर श्रेष्ठ दोस्रो र एक घण्टा ५ मिनेट ४ सेकेन्डमा पार गर्दै राजु श्रेष्ठ तेस्रो भएको छ।

पन्ध्र हजार,दस हजार,र पाँच हजारको साथमा प्रमाणपत्र र मेडल मेन इलेट(men elite)र खुल्ला महिला तर्फका पहिलो दोस्रो र तेस्रो हुनेले प्राप्त गरेको थियो भने पाँच हजार,तीन हजार र दुई हजार पाँच सय रुपैयाँ र प्रमाणपत्र र मेडल ब्वाइज जुनियर(boy’s junior)र मेन मास्टर(men master)तर्फका पहिलो दोस्रो र तेस्रो हुनेले प्राप्त गरेको थियो ।प्रथम हुने चार जनालाई हिमालयन सिंगल ट्र्याकको तर्फबाट पन्ध्र हजार बराबरको पुरस्कार प्रदान गरेको थियो ।उक्त प्रतियोगितामा साठी जनासहभागी थिए ।सहभागी सबैलाई प्रमाणपत्र बितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।