0 COMMENTS

काठमाडौं २७बैशाख०७५/ प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् ।

बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् ।

आजको नागरिकले दोस्रो पृष्ठमा यो समाचार छापेको छ । मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खानेछु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् ।

‘जब सपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्वरको नाममा किन खानुपर्यो, जसलाई ईश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन् भनेर देखाउनुपर्यो, नत्र त्यो प्रावधान हटाउनुपर्यो’, सुवालले संसदमा भने, ‘नत्र सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।