0 COMMENTS

मिलन चाम्लिङ,धरान २६बैशाख०७५/१९८ औ अन्तरास्ट्रिय नर्सिङ दिबसको उपलक्ष्यमा नेपाल नर्सिङ संघ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानको आयोजनामा धरान उप महानगरपालिका वडा नं १५ काे कार्यलयमा गरीयकाे निः शुल्क मधुमेह तथा पाठेघरको मुखको क्यानसर समन्धी स्वास्थ्य परिक्षण कार्यक्रममा एक सय दुई जनाले निशुल्क मधुमेह तथा तथा पाठेघरको मुखको क्यानसर समन्धी प्रारम्बिक परिक्षण गराएको छन।

उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा धरान उप महानगरपालिका उप मेयर मन्जु भण्डारी लगायत विभिन्न संघ संस्थाको प्रतिनिधिहरुकाे उपस्तिथि रहेको थियो ।स्वास्थ्य समन्धी कार्यक्रम एउटा वडामा मात्र नभएर धरान उपमहानगरपालिकाको २० वटै वडाहरूमा आयोजना गर्नु पर्ने उप मेयर भण्डारीले   बताएकी छिन।

महिलाहरुको पाठेघर समस्या समन्धी उपचार गर्ने मुख्य उदेश्य रहेको उक्त कार्यक्रम संयोजक शर्मिला श्रेष्ठले बताए ।लुकाएर राखेको र अस्पताल सम्मको पहुँच नभएको हरेक नागरिकको स्वास्थ्यमा ध्यान राखेर कार्यक्रम राखेको बताउछन् धरान उपमहानगरपालिका १५ का वडा अध्यक्ष नरेश कुमार इवारम ।

प्रसुती बिभाग विशेषज्ञ डाक्टर प्रबिण शाह,डाक्टर दीक्षा खनाल र एमबीबीएस नर्सिङका विद्यार्थीहरुले स्वास्थ्य परिक्षण गराएको एडिसनल प्रोफेसर एवं नेपाल नर्सिङ संघ बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।