0 COMMENTS

नढाँटी भन्ने हो भने यौनका विषयमा सबैको रुची हुने गर्दछ, तर यो कुरा पनि सत्य हो कि जीवनमा एउटा समय यस्तो आउँछ, जब मानिसहरु सेक्सबाट मानिस टाढै रहन चाहन्छन् । यसको पछाडि के कारण होला ? एउटा ताजा अध्ययनले भने यस्तो तथ्य प्रस्तुत गरेको छ ।

बीएजे ओपेन (एउटा अनलाइन जर्नल)को सर्भेमा भाग लिएकाहरुसँग यौनका विषयमा धेरै प्रश्न सोधियो । सर्भेमा ४ हजार ८ सय ३९ जना पुरुष र ६ हजार ६ सय ६९ जना महिला सहभागी थिए । जसको उमेर १६ देखि ७४ वर्षसम्म थियो । उनीहरु विगत एक वर्षदेखि सेक्शुअली सक्रिय थिए ।

नतिजा निकै व्यवहारिक रह्यो । १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाहरुले माने कि उनीहरुको यौनमा रुची कम भएको छ । पुरुष र महिला दुवैले यौनप्रतिको रुची अन्त्य हुनुको मुख्य कारण उमेरसँग सम्बन्धित फ्याक्टर, शारीरिक र मानसिक स्वास्थ्य बताए ।

सर्भेमा भाग लिने मध्ये जसलाई ट्रान्समिटेड इन्फेक्सन थियो, उनीहरुले स्वीकार गरे कि यसबाट पनि फरक परेको छ। यही कुरा उनीहरु पनि लागु हुन्छ जससँग पहिला जबरजस्ती सेक्स गरिसकिएको छ।

जसले अतितमा सेक्सका लागि संघर्ष गरिसकेका छन् उनीहरुले आफ्नो पार्टनरसँग भावनात्मक अलगावको कुरा पनि स्वीकार गरे ।

जसको यौन जीवनप्रति रुची कम भइरहेको छ, एक्सपर्टहरुका अनुसार यौन सधै उत्तेजक फोरप्ले वा मास्टबेशन मात्रै होइन । हात समाप्तु, अँगालो मार्नु, एकअर्कालाई छुनुजस्ता आभारभूत कुरा जसले आत्मीयता बढाउने गर्दछ । यस्ता गतिविधिले तपाईको यौन जीवनमा पनि परिवर्तन ल्याउने काम गर्दछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।