0 COMMENTS

उमेश सुवेदी काठमाडौं– वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले ‘वैदेशिक रोजगार छात्रवृत्ति योजना’ सञ्चालनमा ल्याउने भएको छ । यो योजना साउन महिनादेखि नै लागू हुने बोर्डले जनाएकोे हो । वैदेशिक रोजगारीमा गएका कामदारहरू दुर्घटनामा परेर मृत्यु भएका तथा दीर्घकालसम्म घाइते अवस्थामा रहेकाहरूका सन्तानहरूले यस्तो छात्रवृत्ति पाउन सक्ने छन् । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डका निर्देशक रघुराज काफ्लेका अनुसार यो छात्रवृत्ति पाउनका लागि केहि निश्चित मापदण्ड पूरा गर्नुपर्ने छ । मापदण्डअनुसार सरकारी विद्यालयमा अध्ययनरत १६ वर्ष मुनिका विद्ययालय स्तरका विद्यार्थीको हकमा मात्र यो लागू हुने उनले बताए । यो छात्रवृत्ति योजना हरेक जिल्लाका जिल्ला शिक्षा कार्यालयहरूसँगको सहकार्यमा गरिने र यसको सम्पूर्ण तयारी पूरा भैसकेको उनले बताए ।

वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि ०७१ निर्देशिका जारी भैसकेको र यो साउन महिनादेखि कार्यान्वयनमा आउने उनले स्पष्ट पारेका छन् । यो छात्रवृत्ति वितरणसम्बन्धी काम कारवाहीको अनुगमन गर्न, प्राप्त विवरण अध्ययन गर्न र मापदण्डमा समयानुकूल परिमार्जन गर्न निर्देशक समिति रहने उनले बताए । जसमा बोर्डका कार्यकारी निर्देशक संयोजक रहने छन् भने श्रम मन्त्रालयका उपसचिव, वैदेशिक रोजगार विभागका निर्देशक, शिक्षा विभागका निर्देशक, वैदेशिक रोजगार संघका प्रतिनिधि, श्रम मन्त्रालयका कानुन अधिकृत सदस्य रहने तथा बोर्डका निर्देशक सदस्यसचिव रहने छन् ।

 

यो छात्रवृत्ति मृत्यु भएका तथा अंगभंग भएका कामदारका कति सन्तानले पाउने भन्नेमा कुनै सीमित प्रावधान नरहेको तर, तीन जनासम्म सन्तानलाई उपलब्ध गराइने उनले बताए । उनका अनुसार यो छात्रवृत्ति अरु छात्रवृत्ति पाइरहेकाहरूलाई पनि दिइने अरु पाइरहेको छ भनेर रोकिने छैन । यो छात्रवृत्तिका दुईवटा प्रावधान रहेको छ जसअनुसार कक्षा १ दखि ५ सम्म हरेक शैक्षिक सत्रका लागि एकमुष्ट रूपमा ६ हजार रूपैयाँ प्रदान गरिने उनले बताए ।

अनुत्तिर्ण विद्यार्थीले पुनः उही कक्षाका लागि छात्रवृत्ति नपाउने उनको भनाई रहेको छ । कक्षा ६ देखि माथिका विद्यार्थीले वार्षिक रूपमा एक शैक्षिक सत्रका लागि १० हजार पाउने उनले बताए । यो सुविधा पाउनका लागि सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा प्रमाणित कागज पत्र बुझाउनुपर्ने उनले बताए । यो कार्यक्रम कहिलेसम्म जारी रहने कुनै समय सीमा नतोकिएको उनले बताए । वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई कसरी सुरक्षित हुने भन्ने सिकाउने, शिपमूलक तालिम दिने तथा मृत्यु भएकाहरूलाई स्वदेशमा ल्याउने काम गरिरहेको बोर्डले यो अर्को योजना सुरु गरेको हो यो पनि कामदारहरूसँगै सम्बन्धित रहेको छ ।साभार इप्रभाव

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।