0 COMMENTS

 काठमाडौ, ११ बैशाख०७५/ विनासकारी भूकम्प गएको तीन वर्ष भएको छ । भूकम्पले हजारौं मानवीय र भौतिक संरचनाको क्षति गर्यो । भौतिक संरचनाको पुनःनिर्माणका लागि भनेर पाँच वर्षका लागि स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले २८ महिना गुजारिसकेको छ ।

भूकम्प गएको ३ वर्ष भए पनि प्राधिकरण निर्माण भएको २८ महिना पुगेको छ । असार १२ गते अढाइ वर्ष पुग्छ । ५ वर्षका लागि गठन भएको प्राधिकरणले आधा समय गुजारिसक्दा काम पनि आधा सकिसक्नुपर्छ र यसबेला सम्म आधाभन्दा बढी काम गरेको हुनुपर्छ भन्ने आम मान्छेको बुझाइ पनि हो । सोही अनुरूप हामीले असार १२ सम्म आधा जिम्मेवारी पूरा गर्छौं । बस्ती स्थानान्तरण करिब ४० प्रतिशतको हाराहारीमा पुगेको छ । कतिपयमा ५० प्रतिशत काम सकेका छौं । कतिपय अझै अनुमान गर्न गाह्रो छ । हामीले ७ लाख ६७ हजार ७ सय ५ घर बनाउनुपर्नेमा यही असार मसान्तसम्म चार लाख ५० हजारभन्दा बढी घर बनाउने लक्ष्य राखेका छौं । अहिले करिब सवा लाख घरहरू बनिसकेका छन् । बन्दै गरेका घर पनि ४ लाख ४० हजारको हाराहारीमा छन् । यसरी हेर्दा लक्ष्यभन्दा माथि रहेर साढे ५ लाख घर बनाइसक्ने देखियो । तर त्यसका लागि बनिरहेका घर असारसम्ममा पूर्ण हुनुपर्छ । त्यति निर्माण भए भने साढे ५ लाख पुग्छ ।

चैत मसान्तसम्म दोस्रो किस्ताको म्याद भए पनि आधा जति लिन आएनन् । फेरि समय थप गरेर असार मसान्तसम्म पुराउने प्राधिकरणका सिइओ युवराज भुषालले बताए ।
चैत २० गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले असार मसान्तसम्म दोस्रो किस्ता लिने म्याद थप गरिएको उनले जानकारी दिए । असार मसान्तसम्म तेस्रो किस्ता लिनुपर्ने भनेकोमा दोस्रो किस्ताकै म्यद सो समयसम्म भएपछि तेस्रो किस्ता पनि लाने सम्भावना न्यून रहेको छ ।

प्रक्रिया झन्झटिलो भए सँगै काम गर्ने मान्छेको अभाव भएर पनि निर्माण र किस्ता वितरणमा ढिलाई भएको हो । अहिले एकै पटक पुनःनिर्माणको काम चलिरहेकाले कामदार महँगो पर्ने बताउँदै उनले ३ हजार ६ सय १७ विद्यालय बनिसकेको बताए । दोस्रो किस्ता असारसम्म लिने भनिएको छ उनले भने दोस्रो किस्तामा जगसम्म हालौं । तेस्रो किस्ता पुस मसान्तसम्म छ, आरामले पछि लिउँला भनेर अल्छी गरेर बसेका हुनसक्छन् यसैले पनि ढिलाई भएको उनले बताए । तर अहिलेको रफ्तारमा जाने हो भने आउने आर्थिक वर्षभित्र निजी आवासको पुनःनिर्माणको ९० प्रतिशत काम सकिने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।