0 COMMENTS

बेसीशहर, लमजुङ, ११ वैशाख ०७५/ सदरमुकाम बेँसीशहरमा जिल्लामै पहिलो पटक चित्रकलासम्बन्धी कार्यशाला भएको छ ।

जिल्लास्थित सामुदायिक रेडियो मस्र्याङ्दीले १२ औँ स्थापना दिवसको अवसरमा सोमबार एकदिने कार्यशाला आयोजना गरेको हो ।वातावरण र रेडियो विषयक कार्यशालामा सामुदायिक तथा निजी गरी १७ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीमा भएको चित्रकलाको क्षमतालाई अभिवृद्धि गर्दै वातावरण संरक्षणमा सकारात्मक सन्देश दिन कार्यशाला आयोजना गरिएको आयोजकले जनाएका छन् ।

आर्टट्री नेपालको विशेष सहयोगमा भएको सो कार्याशालामा संस्थाका लवकान्त चौधरी र सुभाष तामाङले प्रशिक्षण दिनुभएको थियो । जिल्लामा कहिलेकाहीँ प्रतियोगीतात्मक चित्रकला हुने गरेको भए पनि क्षमता अभिवृद्धिका लागि तालीम तथा सेमिनार भने हुन सकेको थिएन ।

रेडियोले यसअघि चित्रकलाबाहेक वातावरण संरक्षणका लागि सचेतनामुलक कार्यक्रम तथा समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । २०६५ सालमा स्थापना भएको सो रेडियो जिल्लाकै पहिलो सामुदायिक रेडियो हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।