0 COMMENTS

काठमाण्डाै०९बैशाख०७५/ भारतीय टेलिभीजनमा चर्चा कमाउन सफल रियालिटी शो ‘बिग बोस’ अब नेपालमा पनि आयोजना हुने भएको छ । बिग बोस नेपाल नाम दिइएको कार्यक्रमलाई अभिनेता सुनिल थापाले होस्ट गर्ने बताईएको छ ।

बिग ब्रोदरको फम्र्याटमा सूत्र मोडलिङ एण्ड आर्ट कृयसन र एण्डिमोल साइन ग्रुप मिलेर बिग बोसलाई नेपाल ल्याउन लागेका हुन् । कार्यक्रममा १२ सेलिब्रेटी र ८ जना सामान्य व्यक्तिको सहभागी गराइने बताइएको छ । यति बेला बिग बोस नेपालको अफिसियल पेजमा सहभागी हुने आवेदन फर्म खुलिसकेको छ ।हाल सम्म कार्यक्रम कुन टेलिभिजनबाट प्रसारण हुने हो त्यो भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।