0 COMMENTS

 बासुदेव सेढाइ,०८बैशाख०७५/नवगठित लिस्नाे साहित्यिक मञ्च लमजुङले बैशाख – ८ गते परेको छन्द दिवस भब्य रुपमा मनाएको छ । बेसीशहरकाे हाेटल लायनस्टारमा अाफ्नाे जन्मदिनको अाैपचारिक घाेषणा गर्दै मञ्चले एक कार्यक्रम अायाेजना गरि बैशाख – ८ गते छन्द दिवसका दिन अाफ्नाे जन्मदिन मनाउने घाेषणा गरेको हाे ।

जिल्ला भित्र रहेका सम्पूर्ण साहित्यिक संस्थाहरु बिच एकता र सहकार्य गर्दै लमजुङ जिल्लामा एउटै बलियो साहित्यिक मञ्च खडा गरि लमजुङ जिल्ला लाई साहित्यकाे नमुना जिल्ला बनाउने मञ्चकाे लक्ष्य रहेको छ । जाति ,धर्म ,क्षेत्र ,लिङ्ग ,वर्ण,भाषा,राजनीतिक दल वा कुनै पनि अाधारमा बिभाजित नहुने सबै मानिस अटाउन सक्ने एउटा क्षेत्र साहित्य मात्रै रहेकोले राष्ट्रिय एकता ,सामाजिक सद्भाव ,धार्मिक शहिष्णुता,जातीय सद्भाव कायम गरि नेपाली नेपाली बिचकाे एकता कायम गर्ने संस्था साहित्य मात्रै रहेको मञ्चकाे ठहर छ ।

लिस्नाे साहित्यिक मञ्चले अाफ्नाे गतिविधि लाई तिब्रता दिन जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा संगठन बिस्तार गरि नेपाली भाषा साहित्यकाे संरक्षण गर्ने जनाएको छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि मञ्चका सल्लाहकार साहायक प्रमुख जिल्ला अधिकारी काजी मान सुनारले नवगठित मञ्चकाे सफलताको कामना गर्दै मञ्चले लिएका उद्देश पूरा हुनेमा अाफु बिस्वस्त रहेको वताउनुभयाे । साहित्यकाे क्षेत्रमा लाग्नेहरुकाे धारणा संकुचित नहुने भन्दै साहायक प्रमुख जिल्ला अधिकारीले लमजुङले ठुला ठुला साहित्यिक ब्यक्तित्व जन्माएको उल्लेख गर्दै फराकिलो साेच लिएर अघि बढेमात्रै लक्ष्यमा पुग्न सहज हुने बताउनुभयो ।

साहित्य जस्तो पबित्र क्षेत्रमा अाफ्नाे साथ सहयोग र समर्थन सधै रहिरहने बताउनुभयो । कार्यक्रमका अतिथि साहित्य प्रेमि यबं नयाँ शक्ति पार्टी लमजुङका संयाेजक राजु थापाले साहित्यिक ब्यक्तित्वहरुले साहित्यकाे माध्यम बाट सामाजिक बिकृति बिसंगति बिरुद्ध प्रहार गर्नुपर्ने भन्दै राजनीतिक बिकृति र सरकारकाे गलत कामकाे खवरदारि गर्न साहित्यकाे माध्यम बाट सजिलो हुने कुरा बताउनुभयो । कार्यक्रमका अतिथि चिति साहित्य समाजका अध्यक्ष स्थिर घिमिरेले अाफ्नाे प्रस्तुतिकाे माध्यम बाट गणतन्त्र स्थापना भएपनि नागरिकहरुले परिवर्तनको प्रत्यभुति गर्न नसकेको भन्दै गणतन्त्र प्रति ब्याङ्ग गर्नुभयो । कार्यक्रमका संयाेजक यबं लिस्नाे साहित्यिक मञ्चका अध्यक्ष बसन्त अधिकारीले लिस्नाे साहित्यिक मञ्च गठन गर्नुकाे उद्देश र अाैचित्यकाे बारेमा प्रकाश पार्नुभएकाे थियो । कार्यक्रममा शुभकामना मन्तब्य मञ्चकि काेषाध्क्ष पुर्णकला न्याैपानेले दिनुभएको थियोे ।

कार्यक्रममा सुधा ढकाल, झप्पर बहादुर थापा, अमृता मालुवा, साजन भुजेल , सुस्मिता बि. क. , नाेर्देन तामाङ , बिनाेद बाबू सेढाई , बालकृष्ण खनाल, अाषिष दनाई, सुनिल बसाैला, पुर्ण देबि न्याैपाने लगाएतले अा- अाफ्नाे प्रस्तुति राख्नुभएको थियोे । अध्यक्षता मञ्चका अध्यक्ष बसन्त अधिकारीले गर्नुभयो भने सहजिकरण सचिव बासुदेब सेढाईले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।