0 COMMENTS

सुतेको समयमा मान्छेले निकाल्ने आवाजलाई घुरेको भनिने गरिन्छ । घुर्ने समस्याबाट अधिकांस व्यक्ति पीडित बनेका छन् । सुतेको समयमा गलाको पछिल्लो भाग थोरै सांघुरो हुन्छ । यस कारण अक्सिजन सांघुरिएको ठाउँमा पुगेपछि कम्पन हुन्छ । र यो कम्पनबाट निक्लिने आवाजलाई नै घुर्ने भनिन्छ । एलर्जी, नाक सुनिनु, मोटो जिब्रो, अधिक धुमपान, मादक पदार्थ तथा नशालु पदार्थको सेवन, रातको समयमा धेरै भोजन गर्नु लगायतका यी घुर्नुको केही कारणहरु हुन् ।

घुर्ने समस्याबाट बच्ने केही उपायहरु :

१. मनलाई शान्त राख्नुहोस्
घुर्ने समस्या भएका व्यक्तिहरुले रातको समयमा सुत्ने बेलामा मनलाई शान्त र दिमाखबाट बाहिरी कुराहरुलाई हटाउनु आवश्यक छ । सुत्ने बेलामा आफूलाई तनाव मुक्त गराउनु पहिलो शर्त हो ।

२. भरपूर पानी पिउनूस्
शरीरमा पानीको कमी हुँदा पनि घुर्ने समस्या हुन्छ । जब शरीरमा पानीको कमी हुन्छ तब नाकको बाटोमा सुख्खा हुन्छ । यसले गर्दा हावाको गतिलाई श्वास संयन्त्रमा पुग्न समस्या हुने र श्वास लिन पनि कठिन हुने भएकाले घुर्ने समस्या देखिन्छ । यस कारण स्वस्थ रहन र घुर्ने समस्या अन्त्यका लागि दिनभर भरपूर पानी पिउनूस् ।

३. शरीरको तौल कम राख्नुस्
अधिकांस मोटो व्यक्तिहरु घुर्ने समस्याबाट पीडित हुन्छन् । गलाको आसपास बासो युक्त कोशिका जम्मा हुने भएकाले घुर्ने समस्याले सताउने गर्छ । यस कारण घुर्ने समस्या अन्त्य गर्न चाहानु हुन्छ भने आफ्नो शरीरको तौल कम बनाउनुस् ।

४. धुमपानबाट बच्नुहोस्
धुमपान गर्दा घुर्ने समस्या अधिक हुन्छ । धुमपानले वायुमार्गको झिल्लीमा असर पुर्याउने गर्छ । यसले नाक र गलामा हावा जानबाट रोक्छ । यस कारण घुर्ने समस्याबाट मुक्त हुन चाहानु हुन्छ भने धुमपान त्याग्नुस् ।

५. निन्द्रा लाग्ने औषधि सेवन नगर्नुस्
निन्द्रा लाग्ने औषधिले मांसपेशीमा नकारात्मक असर पार्छ । सुत्नका लागि मादक पदार्थ, निन्द्रा लाग्ने औषधि या अन्य कुनै औषधिको प्रयोग नगर्नुस् । किन की यसले घुर्ने समस्या निम्त्याउँछ ।

६. सुत्ने समय
घुर्ने समस्या हटाउनका लागि नियमित रुपमा एकै समयमा सुत्नु आवश्यक छ । सुत्ने समयमा आफ्नो शरीरलाई पूर्ण आराम दिनुस् । तथा सो समयमा ध्यान दिनूस् की कुनै पनि अंगमा जोड नपरोस् ।

७. व्यायाम गर्ने
जसरी शरीरको व्यायाम गर्दा सारा मांसपेशी बलियो हुन्छ । त्यस्तै घुर्ने समस्या अन्त्यका लागि पनि गलाको मांसपेशीको व्यायाम आवश्यक छ ।

८. कम मात्रमा नुनको सेवन
धेरै नुनको सेवनले शरीरमा यस्तो तरल पदार्थको निर्माण गर्छ की जसले नाकको प्वालमा बाधा उत्पन्न गर्छ । यस कारण घुर्ने समस्या निम्तिन्छ । नुनको सेवन कम गरेर गला भित्र सुनिने समस्यालाई न्युन गर्न सहयोग पुग्छ । र यसले घुर्ने समस्या पनि अन्त्य हुन्छ ।

९. थोरै अग्लो सिरानीको प्रयोग गर्नुस्
यदी तपाईं घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने सुत्ने बेलामा सिरानी थोरै अग्लो पारेर सुत्नु आवश्यक छ । यसो गर्दा घुर्ने समस्याबाट बच्न सकिन्छ ।

१०. खानाको मात्रा कम गर्नुस्
रातको समयमा सुत्नु अघि ज्यादा खाना खाँदा घुर्ने समस्या हुन्छ । यसर्थ सुत्नु अघि हल्का र कम खाना खानु आवश्यक छ । यसले अनिन्द्राको समस्याको पनि अन्त्य गर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।