0 COMMENTS

नवग्रह मध्ये शनिलाइ सबै भन्दा उच्च स्थानको क्रुर ग्रह मान्न सकिन्छ । किनकी जव यो ग्रहको कसैमाथी बक्रदृश्टी पर्न जान्छ तब जिवनबाट सबै सुखहरु आफै कोसौँ टाढा हुन्छन् । ज्योतिषशास्त्रमा यस बिषयमा प्रष्टसँग बयान गरिएको छ कि यदि घरमा शनिदेबको प्रवेश भयो भने घरका सबै सुख हटेर दु:खाले मात्र बास गर्छ। यसैले शनिवारको दिन शनिसँग संबन्धीत यी चिजहरु घर प्रवेस गराउनु उचित हुदैन ।

१ फलाम तथा फलामबाट बनेका बस्तु: ज्योषिशास्त्रका अनुसार धातु अर्थात फलामलाई शनिको वस्तु मानिदै आईएको छ । यसैले शनिवारको दिन फलाम वा फलामवाट बनेका वस्तुहरु घरमा लैजानु हुदैन । शनिवारको दिन फलाम तथा फलामबाट बनेका बस्तु रुको दान गर्ने प्रचलन रहँदै आएको छ ।

२.कालो तिल: कालो तिल शनिवारको दिन दान गर्ने प्रचलन रहिआएको पाइन्छ । शनि शान्तीका लागि यसलाई खाने पनि गरिन्छ । तर शनिवारको दिन कालो तिल घरमा लैजानु दु:खलाई निम्तो दिनु जस्तै मानिन्छ ।

३.तेल: तेल लाइ पनि शनि कै बस्तु मानिएको छ । यसैले शनिवार को दिन तेल पनि घरमा ल्याउनु उचित हुदैन । भारत लगायत अन्य देशहरुमा आइतवार बिदा दिने प्रचलन सायद यसैकारण गरिएको पाइन्छ ता कि सार्वजनीक बिदाका दिन मानिसहरु यस्ता पदार्थ हरुको खरिद गर्दछन् ।

४.रंग रोगन: रंगरोगन पनि शनिकै वस्तु भएकाले यस्ता चिजहरु शनिबारको दिन घरमा ल्याउनु उचित हुदैन । विषेश गरि निलो र कालो रंग ल्याउनु उचित हुदैन।

५.ज्वलनशिल पदार्थ: शनिबारको दिन ज्वलनशिल पदार्थ जस्तै मट्टीतेल, डिजेल, पेट्रोल तथा ग्यास घरमा ल्याउनु ज्योतिषशाष्त्र अनुसार शनिदेबलाई निमत्याउनु जस्तै मानिन्छ ।

६.कुचो: शनिवारको दिन कुचो तथा पोछा जस्ता बस्तुहरु घर प्रवेस गराउनु उचित हुदैन । यसले आर्थिक रुपमा अत्यन्तै ठुलो बाधा निमत्याउदछ भन्ने विश्वास रहेको पाईन्छ ।

७.कालोनुन: कालो नुन पनि शनिवारको दिन घर भित्र प्रवेश गराउनु उचित हुदैन, कालो नुन मात्रा होइन कालो रंगका कुनै पनि बस्तु लिएर शनिवारको दिन घर प्रवेस नगर्नु भन्ने ज्ज्योतिषशाष्त्रमा लेखिएको छ ।

८.काला कपडा तथा कम्बल: काला कपडा तथा कम्बल जस्ता चिजहरु शनिवारको दिन घर प्रवेश गराउनु उचित हुदैन । यस्ता चिजहरु शनिवारको दिन दान गर्न उचित हुन्छ । शनिवारको दिन यस्ता चिजहरु लिएर घर प्रवेस गर्दा शनि को प्रवाभ बढ्ने विश्वास गरिन्छ ।

९.कैचि तथा चक्कु: शनिवारको दिन कैचि, सुई तथा चक्कु खरिद गर्नु अशुभ मानिएको छ । यि चिजहरु मात्र होइन फलामबाट बनेका कुनै पनि बस्तु शनिवारको दिन खरिद नगर्नुहोला । शनिको प्रभावले यस्ता चिजहरु खरिद गरेमा नाता सम्बन्धहरुमा समस्या बढ्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।