0 COMMENTS

चैत्र नवरात्रीको साथै हिन्दु नयाँ वर्षको शुरुवात भएको छ। ज्योतिषको अनुसार नयाँ वर्षमा ग्रहले पनि आफ्नो स्थिति परिवर्तन गर्दछ। त्यसैले सबै राशीमाथि राम्रो-नराम्रो असर हुने गर्छ। यस वर्षमा ग्रहहरूको योग र संयोगबाट यी राशी भएकाहरुको राम्रो समय सुरु भएको छ।

मेष राशि: यस राशी भएका हरुको लागि धन र लाभको योग बनेको छ। साथै बिग्रेको काम बन्नेछ।
वृष राशि: यो राशी भएकाहरुको लामो समयदेखि नबनेको काम पुरा हुनेछ। प्राविधिक क्षेत्रसँग जोडिएका मानिसको लागि यो समय धेरै शुभ छ।

मिथुन राशि: शरीर र मन स्वस्थ हुनेछ। सन्तानको तर्फबाट केहि शुभ समाचार मिल्नेछ।
कर्कट राशि: यस राशी हुनेहरुको लागि तीर्थयात्राको योग बनिरहेको छ। साथै धन प्राप्त हुने योग रहेको छ।
सिंह राशि: सिंह राशि हुने व्यक्तिलाई स्वास्थ्य सम्बन्धि लाभ मिल्नेछ। यदी कोहि कुनै रोगबाट पिडित छ भने छिट्टै निको हुनसक्छ। धनको लाभ हुनेछ।
कन्या राशि: यिनीहरुलाई धन लाभ हुनसक्छ। कुनै उच्च अधिकारीबाट फाइदा हुनेछ।
तुला राशि: आर्थिक स्थितिमा सुधारको साथै आशा गरेभन्दा बढी लाभदायक स्थिति हुनेछ। यस राशी हुनेहरुले जे काम गरेपनि सफल हुनेछ।

वृश्चिक राशि: यस राशि हुनेहरुले जागिरमा धेरै लाभ प्राप्त गर्नेछन्। व्यापारिक योजना पनि सफल हुनेछ।
धनु राशि: यस राशी हुने विद्यार्थीलाई शिक्षण र प्रतियोगितामा लाभ हुनेछ। कुनै पनि उत्सवमा विशेष सम्मान प्राप्त हुनेछ।
मकर राशि: यो राशी भएकाहरुले नयाँ काम शुरु गर्न सक्छन्। साथै जुन काम गर्दा पनि सफलता मिल्नेछ।
कुम्भ राशि: यस राशी हुनेहरुलाई परिवारबाट लाभ हुनेछ। साथै शत्रु पक्षमाथि पनि विजयी प्राप्त हुनेछ।
मिन राशी: सरकारी काम बन्नेछ। लामो समयदेखि अड्किएको काम सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।