0 COMMENTS

बेलायतमा गरिएको एउटा शोधका अनुसार नियमित रुपमा टमाटर खाँदा पुरुषमा प्रोस्टेट क्यान्सर हुने खतरा २० प्रतिशतले कम हुने गर्दछ ।
संसारभर पुरुषमा हुने क्यान्सरमा प्रोस्टेट क्यान्सर दोस्रो नम्बरमा पर्दछ। बेलायतमा हरेक वर्ष यसप्रकारका ३५ हजार नयाँ मामिला देखिने गर्दछ। त्यसमध्ये दश हजारले ज्यान गुमाउने गर्दछन् । क्यान्सर विशेषज्ञहरु खानेकुरामा फलफूल र सागसब्जीको भरपूर मात्राका साथै सन्तुलित आहारका लागि सुझाव दिने गर्दछन् ।

विशेषज्ञ रेड र प्रोसेस्ड मिटका साथै बोसो र नुन कम मात्रामा लिन पनि सल्लाह दिने गर्दछन् । ब्रिस्टल विश्वविद्यालयका अध्ययनकर्ताहरुको टोलीले ५० देखि ६० वर्ष उमेर समूहका २० हजार बेलायती पुरुषमा शोध गरेको थियो । अध्ययनमा उनीहरुले नियमित रुपमा टमाटर खाने पुरुषमा प्रोस्टेट क्यान्सर हुने सम्भावना १८ प्रतिशतसम्म कम हुने पाएका थिए ।

फल र सागसब्जी भरपुर खानेहरुमा पनि क्यान्सरको जोखिम कम सागसब्जी र फल खानेको तुलनामा २४ प्रतिशत कम पाइएको छ। टमाटरभित्र क्यान्सर प्रतिरोधी गुणका कारण लाइकोपेनलाई मानिएको छ। लाइकोपेन एकप्रकारको एन्टीआक्सिडेंट हो, जसले डीएनए र कोशिकालाई क्षति पुराउनबाट रोक्दछ ।

अध्ययनकर्ताहरुले प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोगी हुने अन्य दुई वटा तत्व पनि खोजेका छन् । त्यसमा एउटा सेलिनियम हो जुन पिठोबाट बनेको पदार्थमा पाइने गर्दछ । दोस्रो के क्याल्सियम जुन दुग्ध पदार्थमा पाइने गर्दछ। शोधकर्ताहरुले यी तीन खाद्य तत्वको राम्रो मात्रामा सेवन गर्ने पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम कम थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।