0 COMMENTS

कुश्म २६चैत०७४/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले ट्राफिक नियम उल्लघंन गर्नेलाई सिधै प्रहरी हिरासत पठाउने भएको छ ।

साना सवारी कारबाहीलाई सबैले सहज रुपमा लिने गरेका कारण यस्तो कारबाही प्रक्रिया सुरु गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक नियम उल्लघंनका विशेष अवस्था हेरेर हिरासतमा राख्नेमात्र होईन् २ हजार रुपैयाँसमेत जरिवाना गराँने गरी टाफ्रिकले कारवाही सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले यस खालको कारवाही सबैभन्दा बढी नियम विपरित सवारी साधनको चर्को आवाज निकाल्ने, पड्काउँदै हाँक्ने र सवारी चालक अनुमति पत्र विना नै सवारी चलाउनेलाई निगरानीमा राखिएको ट्राफिक प्रहरी प्रमुख रानाभाटको भनाई छ ।

ट्राफिक प्रहरीले सवारी चालक अनुमति पत्र विना सवारी चलाउने व्यक्ति र मादकपदार्थ सेवन गरी चलाउने चालकलाई समेत विशेष निगरानी गरी प्रहरी हिरासतमा नै राखेर सचेतना दिने अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।