0 COMMENTS

charko-voice-300x288चर्काे आवाज निकालेर यौनसम्पर्क गरेपछि बेलायतकी एक महिलालाई २ हप्ताको जेल सजाय सुनाइएको छ । बर्मीघम सिटीकी २३ बर्षिया जेम्मा वेलले यौनसम्पर्क गर्दा हल्ला गरी सामाजिक भावनामा खलल पुर्याएको ठहर गर्दै २ हप्ताको जेल सजाय सुनाइएको हो । यौनसम्पर्क गर्दा वेलले ठूलो आवाज निकालेर हल्ला गर्ने गरेको भनी छिमेकीहरुले उजुरी गरेका थिए ।

छिमेकीले गत जनावरीमा वेलले गरेको १० मिनेटको यौनसम्पर्कको घटनालाई प्रमाणको रुपमा पेश गरेका थिए । बेलायतको बर्मिघमस्थित स्मल हेथका बासिन्दाहरुले वेललाई ‘नर्कबाट आएकी छिमेकीको संज्ञा दिएका छन् ।

उनलाई न्यायाधिश इमा केलीले सामाजिक व्यवहारमा खलल पुर्याएको भन्दै दुई हप्ताको जेल सजाय सुनाइएकी हुन् । उनले यौनसम्पर्कको अलावा ठूलो ध्वानीमा गीत बजाएको, कराएको, ढोका तथा झ्याल बन्द गर्दा ठुलो आवाज निकाले पनि उजुरी परेको थियो ।

एक छिमेकीले भनेकी छिन् , ‘वेलले यौन सम्पर्क गर्दा निकै समस्या पर्ने गरेको थियो, जब उनी आवाज निकाल्न थिल्थिन हामी टीभीको भोलुम ठुलो पर्ने गर्थाै । ’

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।