0 COMMENTS

काठमाडौं १९चैत०७४/ सरकारले २०७५ सालको बिदाको सूची सार्वजनिक गरेको छ । आइतबार राजपत्रमा बिदाको सूची प्रकाशित गरेको हो ।

वर्षभरी शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूणिर्मामा देशभर बिदा हुनेछ । संविधान जारी भएको दिन ल असोज ३ गते राष्ट्रिय दिवसको बिदा, मजदुर र अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्तीको दिन देशभर विदा हुनेछ ।दशैँ विदा असोज ३० देखि कात्तिक ३ तथा तिहार विदा कात्तिक २१, २२ र २३ गते हुनेछ । सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा हुनेछ ।काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा विदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन विदा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।